Wednesday , December 13 2017
Home / Featured News / ४३.८ मिलियन डलरको पेंटिंग

४३.८ मिलियन डलरको पेंटिंग

AUCTION-articleLarge

सन् १९५३ मा बार्नेट न्युम्यानले बनाएका यो चित्र न्यु योर्क सिटि अक्सनमा ४३.८ मिलियन अमेरिकी डलरमा बिक्रि भएको थियो | यो उनको हालसम्म कै महँगोमा बिक्रि भएको चित्र हो | यस चित्रको नाम वान्मेंट भीआइ अर्थात छैठौं रहेको छ | न्युम्यानले बनाएका वान्मेंट श्रीखंलाको यो छैठौं तथा अन्तिम चित्र हो | उनको वान्मेंट पाँचौं गत बर्षको लिलामीमा २२.४ मिलियन डलरमा बिक्रि भएको थियो | न्युम्यानको निधन सन् १९७० मा भएको थियो |

5088914-3x2-700x467

तर यो नै सबैभन्दा महँगो चित्र भने होइन | यस बर्ष लिलामीमा बिक्रि भएको सबैभन्दा महँगो चित्र भने बेलायती चित्रकार फ्रान्सिस बेकनको हो | उनको “थ्री स्टडिज अफ लुसियन फ्रायड” चित्र कुल १४२.४ मिलियन अमेरिकी डलरमा बिक्रि भएको थियो |

मोनालिसाको मुल्य कति होला ?

most-expensive-paintings-in-the-world-ever-monalisaफ्रान्सको लुभ्रमा संरक्षित मोनालिसाको बिक्रिको प्रयास नभएपनि यसको सम्भावित मुल्य भने निकै महँगो छ | यदि मोनालिसाको बिक्रि भयो भने यो सबैभन्दा महँगो चित्र हुनेछ | सन् १९६२ मा अमेरिका प्रदर्शनीको लागि लैजाने क्रममा यसको इन्स्युरेन्स मूल्य १०० मिलियन अमेरिकी डलर कायम गरिएको थियो | तर आजको मितिमा मुद्रास्फीतिलाई र मुल्यवृद्धिलाई ध्यानमा राख्दा मोनालिसाको मुल्य ७६० मिलियन अमेरिकी डलर भन्दा माथि नै रहेको छ |

मोनालिसा सन्  १९११ मा चोरी भएको थियो |चोरि भएको २ बर्ष पश्चात भेटिएको मोनालिसालाई पेरिस स्थित लुभ्र संग्रहालयमा कडा सुरक्षा दिएर राखिएको छ |

 

 

 

 

One comment

  1. GopalBdrGhale

    yatro paisa kharcha garera bhitta maa sajaaunu bhanda ta kunai garib miluklaai sahaytaa gareko bhaye laakhaunko muhaar maa muskaan ta aaunthyo hola ni.
    huna ta kinnele garya holaan tyahi pani aafno man ko kuro ni

Comment