Monday , December 18 2017
Home / Blog / ३९ जना नेपालीलाई अस्ट्रेलियन सरकारको छात्रबृती

३९ जना नेपालीलाई अस्ट्रेलियन सरकारको छात्रबृती

Group 1 ALA leaders in Canberra

छात्रबृती पाएर अस्ट्रेलियाको विश्वविद्यालयमा अध्ययनरत नेपाली अनुसन्धानकर्ताहरु

अस्ट्रेलियन सरकारले सन् २०१४ को लागि ३९ जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रबृती दिएको छ । काठामाण्डौ स्थित अस्ट्रेलियन दुतावासले दिएको जानकारी अनुसार स्वास्थ्य, शिक्ष, सुसासन, जिविकोपार्जन, खानेपानी तथा सरसफाइ र वन बिषय अध्यन गर्न छात्रबृती प्रधान गरिएको हो । साथै केही नेपाली विज्ञहरुले जनस्वास्थ्य, बिकास अध्ययन र अर्थशास्त्र, अकुपेसनल थेराफी, रेडियोलोजी, इन्जिनियरिङ जस्ता बिषयमा विशेषज्ञता हासिल गर्नेछन् ।

ANU1

गएको वर्ष विभिन्न विषय र विश्वविद्यालयमा अध्ययन गर्न छात्रबृती पाएपछि पूर्व राजदुत सुसन ग्रेस संग सामुहिक फोटो ।

छात्रबृती पाउन सफल नेपाली विद्यार्थीहरुलाई बधाइ तथा विधाइ कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लेन हवाइटले यो कार्यक्रममले नेपाली विज्ञहरुलाई विश्वस्तरको ज्ञान, सीप र अनुभव हासिल गर्न अवसर दिने बिचार राखेका थिए । हरेक वर्ष अस्ट्रेलियले नेपाललाई दिदै अएको सहयोग रशी पनि थक्दै लैजाने राजदुत हवाइटको भनाइ रहेको थियो ।

BinodChapagain

अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा विद्यावारिधी गरिहेका विनोद चापागाई

छात्रबृती पाउने मध्ये आधा सरकारी सेवामा कार्यरत छने भने आधा गैर सरकारी क्षेत्रबाट रहेका छन् । उनीहरु अष्ट्रेलियको रजधानी क्यनवेरमा रहेको नेसनर युभिर्सिटी लगाएत मेलवनए, सिड्नी, एडिलेट, ब्रिसवेन र पर्थका विश्वविद्यालयहरुमा अध्ययन गर्ने आवसर पाउने छन् । अहिले सम्म ४४० जना नेपालीले अस्ट्रेलियन सरकारको छात्रबृती पाएर यहाँ अध्ययन सकेछन् ।

2 comments

  1. In the first photo: There are three PhD and one Master’s student; and one of them is from Flinders University Adailade. I request you to correct.

    • बिनोद जी धन्यवाद ध्यानाकर्षण गराउनु भएकोमा हामीले पहिलो फोटोको क्याप्सन करेक्सन गरेका छौ ।

Comment