Wednesday , December 13 2017
Home / Featured News / १८ औं सार्क सम्मेलन नेपालमा हुने

१८ औं सार्क सम्मेलन नेपालमा हुने

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन आगामी नोभेम्बरमा नेपालमा हुने भएको छ । मालदिभ्सको बान्डोस टापुमा बिहीबार भएको सार्क मन्त्रिस्तरीय बैठकमा नेपालले आगामी नोभेम्बरमा गर्ने प्रस्ताव गरेको हो । सम्मेलनको मिति भने तोकिएको छैन ।saarclogo
शिखर सम्मेलनका लागि नेपालले गरेको प्रस्तावलाई बैठकले समर्थन जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा सार्कअन्तर्गत क्षेत्रीय सहयोगका प्रमुख विषयका साथै व्यापार, वित्त, लगानी, गरिबी निवारण, सम्पर्क विस्तार, ऊर्जा र पूर्वाधारबारे विचारविमर्श भएको जनाइएको छ ।

Comment