Friday , December 15 2017
Home / Australia / हेल्प नेपाल नेटवर्क अस्ट्रेलियामा नयां कार्यसमिति

हेल्प नेपाल नेटवर्क अस्ट्रेलियामा नयां कार्यसमिति

सिड्नी/ हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाको यही जनावरी ११ शनिवार सिड्नीमा बसेको बैठकले हर्ष गौतमलाई राष्ट्रिय संयोजकामा छनौट गरेको छ । गएको डिसेम्वरमा भएको साधारण सभाले राष्ट्रिय संयोजन समिति विघटन गरी आगामि दुइ वर्षको लागि सिड्नीलाई संयोजन गर्ने जिम्मा दिएको हो । शनिवार बसेको बैठकले राष्ट्रिय संयोजन समितिको सह संयोजकमा श्री पन्त, महासचिवमा डिला खरेल, कोषाध्यक्षमा निस्प्रभ सजी, जन सम्पर्क अधिकृतमा डा गोविन्द पौडेल र परियोजना संयोजकमा लक्ष्मी अधिकारीलाई छनोट गरेको छ । help nepal network
विश्वभरी छरिएर रहेका नेपालीको सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र आपत्कालिन सहयोगका लागि सक्रिय नेटवर्कको अस्ट्रेलिया च्याप्टको सल्लाहकारहरुमा डा राजु अधिकारी, इन्द्रा वन (ओ ए एम), जोग लिम्बु, डा कृष्ण हमाल, डा होम मुर्ती पन्त, डा शम्शेर थापा र दिपक विष्ट रहेका छन् ।

यसैगरी गएको शनिवार नेटवर्कको सिड्नी च्याप्टरको पूर्नगठन भएको छ । जसमा तारा श्रेष्ठ सल्लाहकार, सलिना श्रेष्ठ संयोजक, गोपी सुवेदी कोषाध्यक्ष रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा ऋषि आचार्य, डा निलम प्रधानाङ्ग, मुक्ति रोक्का, लक्ष्मण शर्मा, प्रेम प्रसाद भुशाल, विष्णु प्रभात सापकोटा र प्रदिप चापागाई रहेका छन् । बैठकले क्विन्सल्याण्डबाट इश्वर कुइंकेल, वेष्टर्न अस्ट्रेलियाबाट दिक्पाल देव पंगेनी, दक्षिण अस्ट्रेलियाबाट आशिस वाग्ले र नर्दन टेरीटोरीबाट शम्बु काडेललाई प्रतिनिधी तोकेको छ ।
नेटवर्कले गएको वर्ष अस्ट्रेलियाको बिभिन्न राज्यमा आयोजना गरेको अर्थसंकलन कार्यक्रममा करिव एक करोड रुपैया संकलन भएको थियो ।

Comment