Thursday , December 14 2017
Home / Featured News / हिन्द महासागरमा भेटिएको टुक्रा मलेसियन एयरलाइन्सको नभएको पुष्टि

हिन्द महासागरमा भेटिएको टुक्रा मलेसियन एयरलाइन्सको नभएको पुष्टि

चाइनिज तथा अस्ट्रेलियन जहाजले हिन्द महासागरबाट संकलन गरेका केहि टुक्राहरू हराइरहेको मलेसियन एयरलाइन्सको बिमानको नभएको पुष्टि भएको छ | ती टुक्राहरू सम्भवत कुनै फोहोर वा माछा मार्न प्रयोग हुने बस्तु हुनसक्ने बताइएको छ |

मार्च ८ देखि हराइरहेको MH370 विमानमा २३९ यात्रु तथा चालक दल सवार थिए | सो बिमान क्वालालम्पुरबाट बेईजिंगको लागि उडेको थियो | उडानको केहि समयपश्चात नै बेपत्ता भएको थियो |

अस्ट्रेलियाको भुउपग्रहबाट प्राप्त जानकारी अनुसार हराइरहेको बिमान हिन्द महासागरमा खसेको निष्कर्ष निकालिए पनि अहिलेसम्म MH370 सँग सम्बन्धित कुनै ठोस बस्तु फेला पार्न भने सकिएको छैन | फेला परेको बस्तुहरु सम्न्द्रको फोहोर निस्किए पछि बिमान खोजीमा झन् जटिलता थपिएको छ |

बिमानको गति सोचेभन्दा बढी रहेको र त्यसको कारणले विमानको इन्धन पनि छिटै सकिएकोले बिमान अझ नजिकै खसेको अनुमान गरिएको छ | पहिले अनुमान गरिएको खोजिस्थल भन्दा अहिलेको खोजि स्थल करिब ८०० किलोमिटर पर्थबाट नजिक रहेको छ |

आज समुन्द्रबाट थप टुक्राहरू संकलन गरिने खोजि कार्यमा सम्मिलित एक अधिकृतले जनाए |

Comment