Tuesday , December 12 2017
Home / Featured News / हाम्रो हार भारतको पराजय: महतो – अन्नपूर्ण पोस्ट

हाम्रो हार भारतको पराजय: महतो – अन्नपूर्ण पोस्ट

मङ्सिर ७ अन्नपूर्ण पोस्ट 

Rajendra_Mahatoनिर्वाचनमा पराजित सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसकेन्द्रित दलहरूको हारले भारतकै हार भएको सन्देश प्रवाह भएको दाबी गरेका छन्। उनले आफूहरूलाई भारतवादीको संज्ञा दिँदै नेपाली कांग्रेस र एमालेको विजयले भारतको हित नगर्ने पनि बताए।

‘हामी भारतवादीहरूका लागि मधेसवाद हार्नु सामान्य हुन सक्ला तर भारतकै लागि यो असामान्य कुरा हो। कांग्रेस र एमालेले पाएको मतले भारतको हित गर्दैन’, महतोले अन्नपूर्णसँग भने, ‘आज तराईमा मधेसवादी होइन भारत निर्वाचनमा पराजित भएको सन्देश गएको छ।’

उनले मधेसकेन्द्रित दलहरू हारेकोमा तराईका जनता शोकाकुल भएको दाबी गर्दै उनीहरूमा भारतविरोधी भावना उत्पन्न हुनसक्ने चेतावनी पनि दिए। महतोले भने, ‘हामी यो भावना अब रोक्न सक्दैनौं।’

यसैबीच निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएपछि मधेसकेन्द्रित दलहरूले संविधानसभामा सहभागी हुन कांग्रेस-एमालेसँग सर्त अघि सारेका छन्।

संविधानसभामा आफूहरूको सहभागिताका लागि एकल पहिचानको संघीयता हुनुपर्ने सर्त उनीहरूको छ। यसपटक मधेसमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाहेकका दलहरूले यस्तो सर्त अघि सारेका छन्।

बिनासहमति संविधानसभामा जाँदा मधेसमा आफूहरू अझ खुम्चिनुपर्ने निष्कर्षमा पुगेपछि एमाओवादी मोर्चासँग निकट ती दलहरूले यस्तो सर्त अघि सारेका हुन्।

‘मधेसको जनमत र मुख्य अजेन्डा जातीय संघीयताविरुद्ध होइन’, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, ‘गणितीय हिसाबमा भन्दा पनि जनताको परिवर्तनप्रतिको समर्पण ठूलो कुरा हो। हामी संविधानसभामा जान जातीय पहिचानसहितको संघीयतामा सहमति हुनुपर्छ।’ उनले गणितीय हिसाबमा जितेको पञ्चायत १० वर्षमै ढलेको इतिहास नबिर्सन कांग्रेस र एमालेलाई आग्रह गरे।

मधेस र मधेसीको पहिचान र अधिकार खोस्ने शक्तिहरूको जनमतको कुनै अर्थ नहुने उनको भनाइ थियो। ‘मधेसीहरूले अब पनि नागरिक हुने गरी अधिकार नपाए उनीहरूले खोसेर लिनेछन्’, ठाकुरले भने, ‘कांग्रेस र एमालेले पाएको जनमतले मधेसी, जनजातिको माग पूरा गर्न सक्ने देखिँदैन, त्यसैले अबको विकल्प एकीकृत संघर्ष हो।’ निर्वाचन र मतगणना बहिष्कार गर्नेहरूसँग संयोजनकारी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व कांग्रेस र एमालेमा नदेखिएको दाबी उनले गरे।

सद्भावना अध्यक्ष महतोले चार वर्षअघिको आन्दोलन कसैको डिजाइनमा भएको निर्वाचन परिणामका कारण अन्त्य नहुने बताए। ‘अप्रजातान्त्रिक रूपमा सिर्जना गरिएको मतपरिणामले संघीयता विपक्षमा भन्नु र मधेसीको अधिकार कटौती गरेको भन्नु गलत हो’, महतोले भने, ‘कांग्रेस र एमालेले प्राप्त गरेको गलत मतका आधारमा संविधान निर्माण हुन सक्दैन।’

मुलुकका लागि रचनात्मक कार्य गर्ने शक्तिहरूबाट संविधानसभा खोसे पनि सडक नखोसिएको दाबी गर्दै महतोले भने, ‘संविधानसभाले हाम्रो मुद्दा सम्बोधन गर्न सकेन भने संविधान घोषणाका साथ अमान्य पनि हुन सक्छ।’ उनले अब पहिचानसहितको संविधान घोषणासँग मात्रै सम्झौता हुने बताए।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन परिणामबारे मधेसकेन्द्रित दलहरूबीच एक मत हुन सक्ने बताए। आन्दोलनका माग सम्बोधनका लागि पनि मतदान प्रक्रियादेखि मतपरिणामसम्म कहाँ, कहाँ, के, कस्तो प्रकारको धाँधली भयो, त्यही आधारमा निष्पक्ष, स्वतन्त्र रूपमा छानबिन हुनु पर्नेमा पार्टी प्रतिबद्ध रहेको उनले बताए।

निर्वाचन परिणामले मुलुकको भविष्य निर्धारणमा अवरोध गरेको दाबी महतोले गरे। ‘मधेसका मुद्दा कार्यान्वयनका लागि संघर्ष अपरिहार्य छ’, उनले भने, ‘त्यसका लागि केही दिनमै पार्टीका आन्तरिक र मधेसवादी दलहरूबीच बैठक बस्नेछ।’

3 comments

  1. Endeed he demonstrated himself that Rajendra Mahato is not Nepali. He is Indian Agent and came in politics to distroy Nepal and Nepalese communities. He was discarded by the Nepalease people. This election is very meaningful that ethnic base, separatist, Indian agents leaders are not fit for as a leader who always driven for personal interest rather unity of nepalese communities and Nepal. Bye bye Rajendra. You should citizenship of India and participate in Indian politics in India, not in Nepal.

  2. Isn’t this the madhise who used to wear muffler that looked like indian flag

  3. sala chor khate nepal ma basera nepali lutne bharatiye dalal lai nepal bata dhapaunu parcha

Comment