Monday , December 18 2017
Home / Australia / हराईरहेका अस्ट्रेलियनको खोजि गर्न उनको परिवार नेपालमा

हराईरहेका अस्ट्रेलियनको खोजि गर्न उनको परिवार नेपालमा

matthew-allpress

१० दिने अन्नपूर्ण क्षेत्रको पदयात्रामा एक्लै निस्केका म्याथ्यु अल्प्रेस अहिले सम्म फेला पर्न सकेका छैनन् | तथापि उनको खोजि कार्य तिब्र रुपले जारि छ | उनलाई खोज्न अहिले उनको परिवार नेपालमा नै छ | उनको खोजीको लागि सामाजिक सन्चारमा अभियान पनि संचालन गरिएको छ |

नोभेम्बर १४ मा उनको अस्ट्रेलिया फर्किने योजना थियो तर उनि समयमा नफर्केको कारण उनको परिवारले खोजि कार्य सुरु गरेको हो | निरन्तर परिवार तथा साथीहरुसंग सम्पर्कमा रहिरहने म्याथ्यु सम्पर्कबिहिन भएपछी परिवार चिन्तित भएको हो | बिभिन्न जानकारी अनुसार उनलाई अन्तिम पटक नोभेम्बर ३ मा दुधपोखरी क्षेत्रमा स्वस्थ अवस्थामा पदयात्रा गर्दै गरेको देखिएको थियो | नोभेम्बर ३ मा दुधपोखरीको गेस्टहाउसमा रात बिताए पछि भने उनि कता गए भनेर पत्ता लाग्न सकेको छैन |

हेलिकप्टरबाट बाट त्यस क्षेत्रको २ पटक खोजि गर्दा पनि उनको बारेमा केहि पत्ता लाउन सकिएको छैन | उनको खोजि कार्यमा ३ वटा शेर्पा समुह र बिशेष तालिम प्राप्त कुकुरको पनि सहायता लियिएको छ | पेसाले म्याथ्यु ग्राफिक्स चित्रकार हुन् |

3 comments

  1. La hera, feri harayecha?? Astinai euta news post bhako thiyo ta yahi website ma saying he was found! Well if he wasnot found before then the previous news is false and you should be ashamed of publishing such misleading news! Bhayena hai bhayena! Bad patrakarita! Jpt cgapna paiyena! Nepal ma jasto! Lajai mardo bho! Proof checking hunuparyo pahile! Comment ta post huncha ni? Ki yeskochai proof check hune ho? Lol!

    • यहाको सुझाबको लागि धन्यवाद.
      अघिल्लोपटक समाचारमा दक्षिण एसियाको भ्रमणमा गएका अल्म्यान ३ हफ्ता देखि हराइरहेका र अन्तिमपटक अन्नपूर्ण क्षेत्रको दुधपोखरीमा फेला परेका थिए | यहि सूचनाको आधारमा उनको परिवारले उनको खोजीकार्य अन्नपुर्ण क्षेत्रमा गरिरहे भन्ने ब्योहराको समाचार प्रकाशित भएको थियो |
      अन्तिमपटक अल्म्यान दुधपोखरीमा रहेको सुचना प्राप्त भएपनि त्यसपछि उनि कहाँ गए केहि पत्ता लाग्न सकेको भने छैन र उनको खोजिकार्य अहिले पनि जारि छ |

Comment