Thursday , December 14 2017
Home / Sports / हङकङलाई दियो नेपालले १ सय ५० रनको लक्ष्य

हङकङलाई दियो नेपालले १ सय ५० रनको लक्ष्य

ट्वान्टी ट्वान्टी विश्वक क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई १ सय ५० रनको लक्ष्य दिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४९ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ र पारस खड्काले ४१ रन बनाए । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको हो । Nepali Cricket team

Comment