Friday , December 15 2017
Home / Australia / स्वामी आनन्द अरुण अस्ट्रेलिया आउँदै

स्वामी आनन्द अरुण अस्ट्रेलिया आउँदै

??????????????????????
ओशो तपोबन, नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण यहि डिसेम्बरको अन्तिम साता अस्ट्रेलिया आउदै हुनुहुन्छ । ओशो तपोबन अस्ट्रेलिया समुहले जनाए अनुसार उहाँले सिड्नी, बाइरन बे र मेलवर्नमा आबासीय तथा एक दिने ध्यान शिबिरहरु संचालन गर्नु हुनेछ ।
आयोजकका अनुसार यहि २८ देखि ३१ तारिखको दिन मेभिना मुलामबिमबाइ बाइरोन बेमा ध्यान शिबिर संचालन हुनेछ । “तनाब ब्यबस्थापनमा ध्यानको महत्व“ विषयमा स्वामी आनन्द अरुणले प्रबचन दिनु हुने छ् भने ओशो ध्यान पद्धतिका केहि ध्यानहरु पनि सो अवसरमा गराईनेछ ।
यस्तै जनावरी ४ देखि ५ सम्म सिड्नीको सत्यानन्द अश्रममा मान्ग्रोभ क्लिकमा शविर संचालन हुनेछ । यो शिविरमा सहभागि हुन अग्रिम बुकिङ गर्नुपर्ने आयोजक मध्येका एक सानु घिमिरेले सिमापारी डटकमलाई बताइन । सिड्नीको कार्यक्रम सकेर स्वामी आनन्द अरुणले मेलबोर्नमा जनवरी ११ र १२ मा दुई दिने ध्यान शिबिर संचालन गर्नुहुने छ । मेलवर्नमा हन्टिङडाले हल, ३८ क्लरेन्डन एभेन्युअमा शिविर संचालन हुने बताइएको छ । ध्यान र अध्यात्ममा रुची राख्ने सम्पूर्ण महानुभाबहरुलाई आयोजकले कार्यक्रममा उपस्थितिका लागि आव्हान गरेका छन् ।

आबासीय ध्यान शिबिरमा सम्मिलित हुन अग्रिम बुकिंग गर्नुपर्ने भएकाले सम्पर्कको लागि मा शाहिदोलाई ०२ ६६८८ २४९४ सन्दीपलाई ०४५२५७५८०० र सानु ०४२३६५२८०५ मा सोझै सम्पर्क गर्न सकिनेछ ।      Arun Swami visit 2013-14

Comment