Tuesday , December 12 2017
Home / Australia / सेन्ट जर्जमा अभिभावक भेला तथा बनभोज कार्यक्रम (फोटो फिचर)

सेन्ट जर्जमा अभिभावक भेला तथा बनभोज कार्यक्रम (फोटो फिचर)

सिड्नीको दक्षिण सेन्ट जर्ज क्षेत्रमा बसोवास गर्ने नेपाली अभिभावकको बनभोज तथा बाल बालिकाहरुको लागि खेलकुद कार्यक्रम सम्पन्न भएको छ । डिसेम्बार २२ आइतवार टेम्पे रिजर्भ पार्कमा भएको यो कार्यक्रममा भेला भएका अभिभावक र बालबालिकाहरुले विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गरेका थिए ।20131222_153436

सेन्ट जर्ज क्षेत्रका रकडेल, कोग्रा, काल्टन, हर्सभिल, बेक्स्ली, पिकहस्ट र नजिकैको एसफिल्ड क्षेत्रका नेपाली अभिभावक र बालबालिका कार्यक्रममा सहभागि भएको एन आर एन अस्ट्रेलियाका कोषध्यक्ष चुरामणी बेलवासेले “सिमापारी डटकम” लाई बताए ।

20131222_152150

क्रिसमस तथा नयाँ वर्षको पूर्व सन्ध्यामा भएको यो कार्यक्रममा बालबालिकाहरु बीच ५ सय मिटरको दौड, डोरी तान्ने, फुटबल तथा बास्केटबल खेलकुदका प्रतियोगिाहरु भएका थिए । यस्ता कार्यक्रमले बालबालिकाहरुले नयाँ साथी बनाउने तथा परिवार सँग रमाउने बानीको विकास हुने अभिभावक सुनिता केसीको बिचार रहेको थियो ।

20131222_150320

सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टरमा नेपाली बालबालिकाका लागि संचालन भैरहेको नृत्य कक्षा तथा योग र ध्यानका नियमित सहभागिहरु यो भेलामा उपस्थित भएका थिए । सिड्नीमा नै सेन्ट र्जज क्षेत्रमा नेपालीको बसोवास बाक्लो भएकाले नेपाली बीच एकता, सहयोग र समझदारी बढाउन आगामी महिनाहरुमा पनि यस्तै जमघट निरन्तर रुपमा संचालन गरिने भेलामा उपस्थित अभिभावकहरुले बताएका थिए ।

image-f63c3d3adfe2302b036d2fd9161364be21c3a91edfdfe4d3fa12042c74983f49-V1488861_10152074102344326_1482467077_n20131222_15031520131222_153503

Comment