Friday , December 15 2017
Home / Australia / सिड्नीमा भएको “वाक फर नेपाल”बाट ४६ हजार डलर संकलन (फोटो फिचर)

सिड्नीमा भएको “वाक फर नेपाल”बाट ४६ हजार डलर संकलन (फोटो फिचर)

सिड्नी/गैर आवासिय नेपाली संघ (एन आर एन) अस्ट्रेलियाको न्यु साउथ वेल्स शाखाले परोपकारी कार्यक्रमलाई सहयोग गर्न आयोजना गरेको “वाक फर नेपाल” कार्यक्रमबाट करिव ४६ हजार अस्ट्रेलियन डलर संकलन भएको छ । जुन १ आईतवार सिड्नीको दक्षिण रकडेलमा रहेको कुक पार्कको डल्स प्वाइन्टबाट शुरु भएर ब्राइटन बीच हुंदै पुन डल्स पोइन्टमा पुगेर समाप्त भएको यो कार्यक्रममा चार सय भन्दा बढी सिड्नीवासी नेपाली सहभागि भएका थिए । कार्यक्रम संयोजक बिजय पोखरेलका अनुसार पूर्वी नेपालको बिराटनगर उपमहानगरपालिकामा पाथिभरा जेष्ठनागरिक श्रदा आश्रम निमार्ण गर्न यो अर्थ संकलन कार्यक्रम भएको थियो ।walk for nepal

आइतवार विहान स्थानिय रकडेल शहरका मेयर शेन ओ ब्राइङ र गैर आवासिय नेपाली संघ (एन आर एन) अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्टले संयुक्त रुपमा यो कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ओ ब्राइङले नयाँ र तिब्र रुपमा बृद्धी भैरहेको नेपाली समुदायकोे हितका लागि आफु सधै तयार रहेको बीचार राखेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले “वाक फर नेपाल” नेपालमा परोपकारी कार्य गर्न अर्थ संकलन गर्न उपयोगि औजार भएको भन्दै संसारभरी रहेको एन आर एनको संजालले यो कार्यक्रमको अनुकारण गर्न सुभाव दिएका थिए । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव रन्जु थापाले वाक फर नेपालले सिड्नीका बृद्ध, पौढ, युवा र बालबालिका सबैलाई बरबरी सहभागिताको अवसर दिएको भन्दै श्रदा आश्रम निमार्णको लक्ष्यमा पुग्न आयोजकलाई शुभकामना दिएकी थिइन ।10439429_674311892604372_597740283981671553_n

कार्यक्रममा झण्डै ८ किलोमिटर दुरी हिडेर पुरा गर्ने सम्पूर्ण सहभागिहरुलाई पञ्च कन्याहरुले मेडल वितरण गरेका थिए । सिड्नीमा रहेका नेपाली समुदायका अगुवाहरु, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरु, व्यवसायि, संचारकर्मी, विभिन्न पेशाकर्मीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा एनआरएन आस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले यहाँका सबै राज्य समितिहरुले अर्थ संकलन कार्यक्रम गरेर यो परोपकारी परियोजना सफल बनाउने बताए । ओलीका अनुसार एनआरएन भिक्टोरिया राज्य समितिले मेलवर्नमा हालै आयोजना गरेको च्यारिटि डिनर कार्यक्रमबाट २५ हजार डलर संकलन भएको थियो । कार्यक्रममा सचिव भरत पोखरेलले पहिलो पटक एन आर एनले स्थानिय निकायसँग सहकार्य गर्दै यो परियोजना अगाडी बढाएको बताए । एनआरएनए अस्ट्रेलियाका परोपकारी (च्यारिटी) परियोजना संयोजक रमेश पाण्डेका अनुसार पाथिभरा जेष्ठनागरिक श्रदा आश्रम निमार्ण गर्न करिव ७ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । अष्ट्रेलियाबाट अर्थ संकलन गरेर करिव २ करोड ५० लाख यो परियोजनालाई सहयोग हुन लागेको हो । पहिलो चरणमा करिव ५० जना जेष्ठ नागरिकलाई आश्रय पुग्ने भवन र आवश्यक पूर्वाधार निमार्ण गरिने छ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष चुरामणि बेलबासेले “वाक फर नेपाल” कार्यक्रमबाट भएको अर्थ संकलनको विवरण सार्वजनिक गरेका थिए । फ्रेण्ड्स अफ नेपलका तर्फबाट जेम्स गाट्रिजले कार्यक्रम सफलताको शुभकामना दिदै आफुले सानो सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा एनआरएन आइसिसि प्रवक्ता मन केसी, ओसिनिया संयोजक बिष्णु हमाल, आइ सि सि सदस्यहरु गणेश केसी संजीव शर्मा, सुजाता केसी, निरज श्रेष्ठ र सल्लाहकारहरु धुर्व सुवेदी र श्रीनापित, नारी निकुञ्ज अस्ट्रेलियाकी अध्यक्ष सुमित्रा विष्ट, क्विन्सल्याण संयोजक तथा उपाध्यक्ष स्वतन्त्र प्रताप शाह र विश्व साईकल यात्री पुष्कर शाहाको सहभागिता रहेको थियो ।68648_674312815937613_8803474144731745553_n

परिवारिक जमघट जस्तो देखिने वाक फर नेपाल कार्यक्रममा बालबालिकाहरुले नेपालको पहिचान दिने बिभिन्न नृत्य प्रस्तुत गरेका थिए । उक्त नृत्य र साँस्कृतिक कार्यक्रमको संयोजन उषा बरियाले गरेकी थिइन । साथै अस्ट्रेलियामा जन्मे हुर्किएका दोस्रो पुस्ताले कार्यक्रमलाई ब्यवस्थित बनाउन स्वयम सेवकको भुमिका निभाएका थिए । बालबालिकाको मनोरञ्जनका लागि जम्पिङ क्यासल, “वाक फर नेपाल”मा सहभागिहरुका लागि बार्बेक्यु, पानी तथा फलफुल र प्राथमिक उपचारको ब्यवस्था आयोजकका तर्फबाट भएको थियो ।

संचराकर्मी तथा एनआरएन अस्ट्रेलियाका सदस्य ऋषि आचार्यले संचालन गरेको यो कार्यक्रमको अन्त्यमा आर एन ए अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य परिषदका अध्यक्ष हरी राम्जालीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गरेका थिए ।1554354_674311412604420_6723785259368115544_n10341721_674312929270935_7512178053098541894_n10414602_674311659271062_8620642575335610620_n

Comment