Thursday , December 14 2017
Home / Australia / सिड्नीमा राजुलामाको कन्सर्ट सम्पन्न (फोटो फिचर)

सिड्नीमा राजुलामाको कन्सर्ट सम्पन्न (फोटो फिचर)

सिड्नीको मेट्रो थिएटरमा राजु लामाले “सायद तिम्रो बाटोमा” गीत गाउदा उपस्थित सबै दर्शकले तालीले उनको स्वागत गरेको थिए । डिसेम्बर २२ आइतवार मंगोलिन हार्ट सांगितिक समुह सहित मंचमा उपस्थित लामाले नयाँ र पुराना गरेर झण्डै दुई दर्जन गीत गाएका थिए ।1476213_488446891275049_69186382_n

लामाको यो चौथौ अस्ट्रेलिया भ्रमण हो तर मंगोलीयन हर्टको सोलो कन्सर्ट भने पहिलो भएको आयोजक नेपाली टचका दिपेश पुनले सिमापारीडट कमलाई बतए । उनले थपे यो कार्यक्रमलाई स्तरिय बनाउन अन्तराष्ट्रिय स्तरको थिएटर, साउण्ड र लाइट सिस्टम तथा उपकरणहरुको ब्यवस्था गरिएको थियो ।मंगोलियन हार्टलाई सिड्नीका सक्रिय गायकहरु राज गोस्वमी र नर्वु तामाङेपनि साथ दिएका थिए ।1524615_488447091275029_751528410_n

सिड्नीबाट शुरु भएको मंगोलीयन हार्टको टुर तास्मानिया हुदै एडिलेटमा गएर टुङ्गिने छ । डिसेम्बर ३० मा एडिलेट र डिसेम्बर २८ मा तास्मानियामा राजु लामाले गाउँदै छन् । मंगोलिन हार्टका लोक पपमा आधारित गीतहरु निकै लोकप्रिय छन् । तस्विर संजन्य नेपाली टच1521814_488446887941716_681819458_n

Comment