Wednesday , December 13 2017
Home / Australia / सिड्नीमा रहेको नेपालीको रेष्टुरेन्टमा आगलागि

सिड्नीमा रहेको नेपालीको रेष्टुरेन्टमा आगलागि

paul_walker_fire
सिड्नीको पश्चिम अवनमा नेपालीको स्वमित्वमा रहेको रेष्टुरेन्टमा मंगलवार विहान आगलागि भएको छ । चार वर्ष अघि देखि संचालनमा आएको “हिमालयन फ्युजन रेष्टुरेन्ट” आगलागिका कारण जलेर पूर्ण रुपमा नष्ट भएको छ । विहान ९ बजे लागेको आगो फायर फाइटरलाई नियन्त्रणमा लिन करिव ३ घण्टा लागेको थियो । अवनको रसन स्टि्रटमा रहेको लेवनिज केवाब पसलबाट आगलागि शुरु भएको थियो ।
यो आगो फैलदै सगैको बुचरी र हिमालयन फुजन सम्म पुगेको थियो । संचलक देवेन्द्र राज भन्तनाका अनुसार अहिले रेष्टुरेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ र कसैलाई पनि भित्र जान दिएको छै । आगलागिका कारण मानविय क्षति नभएपनि रेष्टुरेनट पूर्ण रुपमा जलेको भन्तनाले सिमापारी डटकमलाई बताए ।
आगलागिको कारणबारे अनुसन्धमन भैरहेको प्रहरीले जनाएको छ । चार वर्ष अघिदेखि संचाललनमा आएको यो रेष्टुरेन्टलाई सफल तिवारी र देवेन्द्र राज भन्तनाले संचालन  गरेका थिए ।

2 comments

  1. Very sad news indeed, it was a very popular Nepali restaurant in Sydney!

  2. No problem, its not Nepal, Its Australia, and the Insurance money will cover all the lost property values. They can now establish a new one good model resturant in Sydney with proper facilities.

Comment