Thursday , December 14 2017
Home / Australia / सिड्नीमा माघेसंग्राति पर्व मनाइने

सिड्नीमा माघेसंग्राति पर्व मनाइने

3

फाइल फोटो

सिड्नी/ सिड्नीमा माघेसंग्राति पर्व मनाइने भएको छ । मगर समाज अस्ट्रेलियाको आयोजनामा माघेसग्रान्ति मेल २०१४ हुन लागेको हो । समाजका अध्यक्ष राजेन्द्र थापा मगरका अनुसार जनावरी २५ शनिवार म्यारिकभिलमा रहेको महोनी रिजर्भ स्पोर्ट ग्राउण्डमा यो पर्व मनाउन लागिएको हो । मेलामा पुरुषहरुबीच भलिवल प्रतियोगिता, दोहोरी गीत, राफल चिठ्ठा र बालबालिकाहरुको लागिपनि खेलकुद प्रतियोगिता हुने छ ।

समाजका जन सम्पर्क अधिकृत क्रिस थापा मगरका अनुसार कार्यक्रममा मगर सँस्कृति अनुसरा पितृ पुजा गर्नुको साथै खानाका परिकार र पहिरनहरु प्रदर्शन गरिने छ । समाजले तेस्रो पटक सिड्नीमा माघेसँग्रान्ति मनाउन लागेको हो । माघेसँग्रान्ति मगर समुदायको राष्ट्रिय पर्व हो । प्रवेस निःशुल्क रहेको यो कार्यक्रममा सास्कृतिक पोशाकमा उपस्थित हुन आयोजकहरुले अनुरोध गरेका छन् ।

Comment