Tuesday , December 12 2017
Home / Australia / सिड्नीमा बुद्ध जयन्ती (फोटो फिचर)

सिड्नीमा बुद्ध जयन्ती (फोटो फिचर)

सिड्निमा सक्रिय १५ वटा नेपाली सामुदायिक संस्थाहरुले २५५८ औं वुद्ध जयन्ति विभिन्न कार्यक्रम गरेर मनाएका छन् । सिड्नीको दक्षिण टेम्पे रिजर्भमा गएको आइतवार भएको बुद्ध जयन्ति कार्यक्रममा बुद्ध पुजा, ध्यान, फुटवल, भलिवल, टेलो हान्ने र म्युजिकल चेयर जस्ता खेलकुदका प्रतियोगिताहरु पनि भएका थिए । उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले बुद्धका उपदेश दु ख मुक्तिका कारण हुन् भन्दै, उहांको ज्ञान आजको बदलिंदो परिस्थितिमा र विश्व शान्तिका लागि अपरिहार्य रहेको बतााए । न्यु साउथ वेल्सका माहावाण्ज्यि दुत दिपक खड्काले आधुनिक जीवनका लागि बुद्धका उपदेश मध्येको पञ्चशिल अतिनै उपयोगि भएको बताउंदै ब्यवहारमा उतार्नु पर्ने बताए । गैर आवसिय नेपाली संघका अध्यक्ष शेष घलेले जीवन एक सिकाइ भएको र बुद्ध जयन्ति को अवसरमा सबैले सरल जीवनका सुत्र सिक्न सक्नु पर्ने जोड दिए । 20140518_124157
यस्तै संचारकर्मि भीमसेन सापकोटाले हरेक ब्यक्ति बुद्धबन्ने क्ष्यमता लिएर जन्मने र जीवनमा साधना मार्ग अपनाउंदै सम्यक जीवन मार्फत निर्वाण प्राप्त गर्न सकिने उल्लेख गर्दै सहभागि सबैलाई विपश्यना ध्यान गराएका थिए । कार्यक्रमका संयोजक तथा बुद्ध दर्शन समिति र लुम्विनि कपिलवस्तु दिवस अभियानका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आपसि बन्धुत्व र भाइचाराका लागि यो पटकको बुद्ध जयन्ति उदाहरणिय रहेको बताउँदै सहयोगि सबै प्रति धन्यवाद ब्यक्त गरे । तमाङ समाज न्यु साउथ वेल्स का अध्यक्ष अरुण तमाङले विश्वजगतमा बुद्धको सवाललाई लिएर गलत प्रचार भएको भन्दै बुद्धको जन्म स्थल लुम्विनी रहेको र संसारका पर्यटकहरु नेपालमा लैजान बुद्धको जन्मस्थल सम्बन्धि सत्य समाचार विश्व समुदाय विच पुयाउनु पर्ने बताए । सो अवसरमा बुद्धको जीवनी सम्बन्धि फोटो प्रदर्शनि सँगै शान्ति र्याली पनि सन्चालन गरिएको थियो । 20140518_123535
बुद्धकप यती क्लवलाई
बुद्ध जयन्तिकै अवसरमा सिड्नी र मेलवर्नका १८ वटा क्लवबीच फुटवल भएको फुटबल प्रतियोगिताको उपाधि मेलवर्नको यति क्लवले जितेको छ । सिड्नीको माछापुच्छरे क्लवलाई हराउदै यतिले यो उपाधी जितेको हो । यस्तै सिड्नीमा सक्रिय आठवटा क्लवबीच भएको भलिबल प्रतियोगितामा जलजला क्लव पहिलो र बाग्लुङ दोस्रो भएको । कार्यक्रममा सिड्नकका नेपाली समुदायको बाक्लो उपस्थिति सहेको थियो । कार्यक्रमको शुरुमा बुद्ध रिन्पोछेले बुद्ध पूजा गर्नुका साथै मानिसको सबैभन्दा ठुलो शत्रु र मित्र दुबै आफ्नै मन भएको उल्लेख गर्नु भएको थियो । कार्यक्रम आयोजक संस्थाहरुमा तमु समाज सिड्नी, बुद्ध दर्शन समिति, शेर्पा केदुङ अस्ट्रेलिया, तमाङ समाज न्यु साउथ वेल्स, पोखरा समाज, गुठि अस्ट्रेलिया, लुम्बिनी कपिलवस्तु दिवस अभियान , चिनारि नेपाल, थकालि सेवा समिति, मगर समाज अस्ट्रेलिया, म्याग्दि सेवा समिति, छन्त्याल परिवार, नेपली महावाणिज्य दुतको कार्यालय न्यु साउथ वेल्स लगायत संस्थाहरु रहेका थिए ।

20140518_122111
संचारकार्मी सम्मानित
बुद्धको जन्मस्थल र बुद्धको ज्ञानको प्रचारप्रसार गर्न सहयोग गरेको मा सिड्नीमा सक्रिय संचर माध्याम र संचारकर्मी सम्मानित भएकात्रका छन् । अस्ट्रेलियाको नेपाली पत्रका सम्पादक ऋषि आचार्य, नेपाली टाईम्सका सम्पादक सुजित सिग्देल, अस नेपाल न्युज र एम एन टिभिका सम्पादक भिमसेन सापकोटालाई शान्ति र बुद्धका वारेमा समाचार सम्प्रेषण गरे वापत सन्चार अवार्ड प्रदान् गरिएको हो । राजदुत रुद्रकुमार नेपालले सो अवार्ड हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा तमु समाजका पूर्व अध्यक्ष प्रेम गुरुङले तयार पार्नु भएको गीति संगहको एनआरन अध्यक्ष शेष घलेले विमोचन गरेका थिए । यो संग्रहमा गुरुङले आफ्नो जन्म स्थलको बारेमा लेखेका छन् । 20140518_12300820140518_11423820140518_122347

Comment