Monday , December 18 2017
Home / Australia / सिड्नीमा फ्ल्याग डे मनइयो (फोटो फिचर)

सिड्नीमा फ्ल्याग डे मनइयो (फोटो फिचर)

सिड्नी/ ट्वान्टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पहिलोपटक सहभागि नेपाली टोलीको हौसला बढाउन सिड्नीमा “फ्ल्याग डे” मनाइएको छ । आइतवार सिड्नीको अवनमा रहेको क्रिकेट मैदानमा भेला भएका नेपाली युवाहारुले नेपालको झण्डा फहराउनुको साथै नेपाली राष्ट्रिय टोलीको जस्तै जर्र्सी लगाई नेपाली टोलीलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Flag dai photo sydney
सिड्नीमा रहेका क्रिकेट खेलका नेपाली समर्थक र प्रसंसकहरुको माझ बोल्दै नेपाली क्रिकेट एसोसिएसन अस्ट्रेलियका अध्यक्ष अजय क्षेत्रीले नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको विचार राखेका थिए । कार्यक्रममा एनआरएन आईसिसि सचिव रन्जु थापा, ओसिनिया संयोजक बिष्णु हमाल, अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओली, अस्ट्रेलिया नेपाल फुटबल एसोसिएसन (एन्फा) महासचिव अरुण तामाङ्, नेप्लिज रिक्रियसन क्लवका अध्यक्ष जविन श्रेष्ठ र म्याग्दी सेवा समितिका अध्यक्ष हरी राम्जाली लगाएत स्थानिय संचारकर्मीहरु र ब्यवसासयीहरु सहभागि कार्यक्रममा सुपर सिक्स क्रिकेट प्रतियोगिता पनि खेलिएको थियो । कार्यक्रममा नेपमार्टले नेपाली राष्ट्रिय टोलीको जर्र्सीलाई अस्ट्रेलियामा बिक्रिको ब्यवस्था मिलाएको थियो । 1531706_10203396765069133_1719316456_n
यस्तै गोर्खा नेप्लिज कम्युनिटी -जि एन सि) ले आयोजना फुटवल लिग प्रतियोगिताका खेलाडी र दर्शकहरुले पनि “फ्ल्याग डे” मनाएका छन् । कार्यक्रममा एन्फा महासचिव अरुण तामाङ र जिएनसीका तर्फबाट अनिल थापाले फ्ल्याग डेको महत्व बारे बोलेका थिए ।
बंगलादेशमा भैरहेको ट्वान्टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आइतवार हङकङसाग खेल्दै छ ।20140316_113205

20140316_113513

Comment