Friday , December 15 2017
Home / Featured News / सिड्नीमा नेपाल संवत् मनाइयो

सिड्नीमा नेपाल संवत् मनाइयो

maha pujaअस्ट्रेलियामा राष्ट्रिय नेपाल संवत ११३४ भव्यताका मनाईयको छ । राष्ट्रिय नेपाल संवत न्हू दं समारोह समिति ११३४ चुंडा वज्राचार्यो संयोजकत्वमा गठन गरिएको यो समितिका अन्तरराष्ट्रिय संयोजक रत्नकाजी महर्ज र अस्ट्रेलिया संयोजक नेपाल भाषा संचारकर्मी गंगा बहादुर नेम्कुलको संयोजकत्वमा अस्ट्रेलियामा नोभेम्वर ४ का दिन न्यु साउथ वेल्शका महावाणिज्यदुत दिपक खड्काबाट नयां वर्ष नेपाल संवतको ब्यनर हस्तान्तरण र शुभकामना सहित कार्यक्रम शुरु भएको थियो ।

उक्त दिन ओबर्न स्थित ‘कम्युनिटी  सेन्टर’ मा नेपाली समाजका अगुवाहरु डा. नारायण प्रधान, आदिवासी तथा जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ्ग, गुठि अस्ट्रेलियाका सल्लाहकार पदम शाक्य, एन आर एन अस्ट्रेलियाका लक्ष्मण श्रेष्ठ, जनजाति अधिकारकर्मी चित्र  तुम्बाहंम्फे  र झीगु पुचः का पुरण सायमीले नेपाल सम्वतको महत्वका बारेमा बोलेका थिए ।

Comment