Wednesday , December 13 2017
Home / Australia / सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम(फोटो फिचर )

सिड्नीमा नेपाल प्रवर्द्धन कार्यक्रम(फोटो फिचर )

सिड्नी/नेपाली दुतावास क्यानवेरा र सिड्नीमा रहेको नेपाली महाबाणिज्यदुतको कार्यालयको आयोजनामा नेपाल प्रवर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । गएको बुधवार २५ जूनका दिन आयोजित उक्त कार्यक्रममा बोल्दै राजदुत रुद्रकुमार नेपालले नेपाल सरकारको पर्यटन सम्वन्धि नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । राजदुत नेपालले भने, “पर्यटन, जलविद्युत, पुर्वधार निमार्ण जस्ता क्षेत्रमा नेपालमा लागनिको सम्भावना छ ।” उक्त कार्यक्रममा नेपालमा गर्न सकिने साहसिक पर्यटकिय आकर्षण र महत्वबारे सहभागिहरुलाई जानकारी दिईएको थियो ।2014-06-25 19.17.32
कार्यक्रममा विशेष अतिथिको रुपमा क्रिस्चियन डेमोक्रेटीक पार्टीकाको तर्फबाट संसदम प्रतिनिधित्व गर्दै आएका पोल ग्रिनले नेपाल बारे थोरै बुझेपनि जीवनमा एक पटक जानै पर्ने गन्तब्यको रुपाम आफुले हेरेको विचार राखेका थिए । कार्यक्रममा ५० पटक भन्दा बढी पटक नेपालको भ्रमण गरिसकेका क्रिस वाकरले त्यहाँको प्रकृतिक सुन्दरता, जनजीवन, संस्कृति र आध्यत्मबारे बोलेका थिए । नेपाललाई “प्रकृतिको चमत्कार” भन्ने संख्ज्ञा दिदै वाकरले जीवनमा एक पटक नेपालको भ्रमण गर्न सहभागिहरुलाई आग्रह गरेका थिए ।2014-06-25 19.36.54
न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले उपस्थित सवैलाई धन्यवाद दिदै अष्ट्रेलियामा रहेका हरेक नेपालीले एक जना पर्यटक नेपाल भित्र्याउन पहल गनुपर्ने विचार राखेका थिए । कार्यक्रममा सिड्नीमा रहेका नेपाली ट्राभल एजेन्टहरुका प्रतिनिधि र नेपाललाई माया गर्ने अस्ट्रेलियनहरुको उपस्थिति रहेको थियो । चिनारी नेपाका कलाकारहरु गंगा निम्कुल र सविता लामाले साँस्कृतिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा नेपाली खानाका परिकारहरु पनि राखिएको थियो । फोटो सौजन्य टिका कार्की 10426651_10152222446268549_3766316305985931166_nnepal promotion

Comment