Thursday , December 14 2017
Home / Featured News / सिड्नीमा नेपाली र फिलिपिनोको भिड्न्त

सिड्नीमा नेपाली र फिलिपिनोको भिड्न्त

football logoआगामि नोभेम्बर १७ आइतावर नेपालर र फिलिपिन्स विच फूटबल प्रतियोगिता हुने भएको छ । सिड्नीमा रहेका उत्कृष्ठ नेपाली फूटबल खेलाडि र फिलिपिन्सका पनि उत्कृष्ट खेलाडिहरु बिच यो प्रतियोगिता हुन लागेको हो । अष्ट्रेलिया नेपाल फूटबल एसोसियन-एन्फा) र फिलिपिन्सको आजकाल क्लबको संयुक्त आयोजनामा “द ब्यटल फर द टाइटल” प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागि खेलाडि छनोट र अन्य प्रशिक्षणका लागि सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टर र रेड इलफेन्टलेे आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । अहिले नेपाली खेलाडिहरुले अष्ट्रेलियन कोचबाट आवश्यक प्रशिक्षण लिइरहेको नेपाल फूटबल एसोसियनका अध्यक्ष विश्व नरसिंहराणाले सिमापारि डट कमलाई बताए ।

उक्त दिन बालबालियका युवा र प्रौढहरु बिचमा पनि खेल हुनेछ । राणाका अनुसार पारिवारिक वातावरणमा हुन लागेको यो फुटबल प्रतियोगिका दर्शक र खेलाडिका लागि बार्वेक्यु पनि गरिने छ । नेपाली खेलाडिको हौसला बढाउन उक्त प्रतियोगितामा सहभागिहुन आयोजकले सबैलाई आग्रह गरेका छन् ।

About Rishi Acharya

Comment