Wednesday , December 13 2017
Home / Social / सिड्नीमा नेपालीले मे दिवस मनाए

सिड्नीमा नेपालीले मे दिवस मनाए

सिड्नी / नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाले मे १ मा विश्व मजदुर दिबशका अवसरमा सिड्नीमा बनभोज कार्यक्रमको आयोजना गरी मनाएको छ । एकीकृत नेकपा (माओवादी) समर्थक कार्यकर्ता तथा मोर्चाका दर्जनौं सदस्यहरु उक्त बनभोज कार्यक्रममा सहभागी भए । aus_may

जनप्रगतिशील मञ्चका महासचिब हिमलाल गैह्रेले संसारभर मे १ लाई मजदुर दिवशका रुपमा मनाउनुको महत्वका बारेमा आफ्ना विचार राखेका थिए । रेडियो जनादेश अष्ट्रेलियाका अध्यक्ष शरद खरेलले मे दिवशको शुभकामना दिदै नेपालीहरु विच सद्भाव फैलाउन र मजदुर दिवशको स्मरण गर्न यस्ता कार्यक्रम गर्नु आवश्यक रहेको अनलाइन चौतारीलाई बताए ।

कार्यक्रमको सुरुमा मे दिवशका दिन नेपालमा सुरु भएको एकीकृत नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको सफलताको कामना गरिएको थियो । कार्यक्रम सिड्नीको कोग्राहास्थित कार्स बुस पार्कमा भएको थियो । कार्यक्रममा बच्चा देखि बृद्व सम्मका नेपालीहरुको उपस्थिति थियो ।  

Comment