Monday , December 18 2017
Home / Australia / सिड्नीमा दिगो जीवनयापन सम्बन्धि कार्यशाला सम्पन्न

सिड्नीमा दिगो जीवनयापन सम्बन्धि कार्यशाला सम्पन्न

सिड्नी/ अस्ट्रेलियाको सिड्नीमा स्थायि र अस्थायि रुपमा बसोबास गर्नु हुने अग्रजहरुकालागि दिगो जीवनयापन सम्बन्धि कार्यशाला गएको शुक्रवार २३ मे को दिन अबर्न सेन्टर कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । दीगो जीवनयापन सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना भएको यो कार्यक्रममा दीगो जीवनको महत्व, फोहर ब्यबस्थापन, पानी तथा उर्जा संरक्षण, दिगो खेति र स्वस्थ घरको बारे सहभागिहरुलाई जानकारी दिईएको थियो ।

sustainable workshop for seniors 1
करिव २ घण्टा सम्म चलेको यो कार्यक्रममा घरायसी स्तरमा कसरी सानो सानो ब्यबहारिक परिवर्तनबाट घर तथा समुदायमा सकारात्मक सामाजिक, आर्थिक र वातावरणिय परिवर्तन ल्याउन सकिन्छ भन्ने बारे सहज र व्यबहारिक ज्ञान पनि प्रदान गरिएको थियो । सामाजिक संस्था स्मल अर्थ अस्ट्रेलिया द्धारा संचालित यस कार्यशालालाई उक्त संस्थासंग आबद्ध अलिना ताम्राकारले सहजीकरण गरेकि थिइन । कार्यक्रममा सिड्नीको पश्चिम ग्रेनभिल र अबर्न क्षेत्रका गरि ४२ जनाको नेपालीको सहभागितसहभागिता रहेको थियो ।

Comment