Sunday , November 19 2017
Home / Australia / सिड्नीमा तेरिया साँझ, अध्ययनको लागि कोष गठन

सिड्नीमा तेरिया साँझ, अध्ययनको लागि कोष गठन

सिड्नी/ डान्स इण्डिया डान्स मास्टर उपाधि २०१४ विजेता तेरि या फौजा मगर को शिक्षा र व्यक्तित्व विकासका लागि सिड्नीमा एक कोष स्थापना गरिएको छ । कनेक्ट नेपालले यही अगस्ट ३ आइतवार आयोजना गरेको तेरिया साँझमा सिड्नीमा सक्रिय व्यवसायी मेघराज श्रेष्ठको अगुवाईमा यो कोष स्थापना भएको हो ।te2

एक लाख नेपाली रुपैयाँको कोष घोषणा गर्न मञ्चमा पुगेका न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले हर्षित हुँदै आफ्नो तर्फबाट थप एक लाखको घोषणा गरेका थिए । श्रेष्ठका अनुसार, अहिले करिब दुई लाख रुपैयाँ भन्दा बढी रकम कोषमा जम्मा भैसकेको छ । तेरियाका आफन्त र विद्यालयको सहकार्यमा यो कोष व्यवस्थापन गरिने बताइएको छ । नृत्य प्रतिभा भएकी तेरिया अध्ययनमा पनि उत्तिकै तीक्ष्ण छिन् ।te4

यो कोष उनको पढाइमा मात्र खर्च हुने गरी व्यवस्थापन गरिने छ । कनेक्ट नेपालले आयोजना गरेको तेरिया साँझ कार्यक्रममा उनले आधा दर्जन जति नेपाली तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जितु नेपाल र लोक गायक रामजी खाँडले पनि विभिन्न प्रस्तुतिमार्फत् दर्शकलाई मनोर ञ्जन प्रदान गरेको संस्थाका अध्यक्ष प्रवीण कँडेलले बताए ।te1

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान पनि गरि एको थियो । कार्यक्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियान संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियाको सामुदायिक गतिविधिमा सक्रिय अस्ट्रेलिया नेपाल लिंकका अध्यक्ष भरत नेपाल, न्यु साउथवेल्स महाबाणिज्यदुत दिपक खड्का, चिनारी नेपालका गंगा निमकुल, अनिता मगर, तेरिया साँझलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्ने कलाकारहरु राजेश केसी, उषा बरिया पोखरेल, इन्दिरा रोक्का, संगिता खड्का, सुजाता केसी, ममता तिवारी, रमेश बानियालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
तेरिया साँझलाई सञ्चारकर्मी विष्णुप्रभात र दिपा भट्टराईले संचालन गरेका थिए ।

Comment