Monday , December 18 2017
Home / Australia / सिड्नीमा तामाङ्ग ल्होछार सम्पन्न (फोटो फिचर)

सिड्नीमा तामाङ्ग ल्होछार सम्पन्न (फोटो फिचर)

सिड्नी/तामाङ्ग सोसाइटी अफ न्यु साउथ वेल्सले गएको फेब्रओरी १ शनिवार म्यारिकभिल टाउन हलमा ल्होछार पर्व मनाएको छ । चन्द्र पात्रो अनुसार २८५० औ ल्होछार घोडा वर्षको रुपमा मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि न्यु साउथ वेल्सका नेपाली बाणिज्यदुत दिपक खड्काले ल्होछारको शुभकामना दिदै नेपाली पहिचनलाई विदेशमा पनि संरक्षण गरेकोमा समाजको प्रसंसा गरेका थिए ।1551684_10201183760305356_384610857_n   कार्यक्रममा आदिवासी जनजाति मञ्च अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङले ल्होछार पर्वको महत्व बारे बोल्दै सबैलाई शुभकामना ब्यक्त गरेको थिए । सोसाइटीका अध्यक्ष अरुण तामाङले दिएको जानकारी अनुसार तामाङ्ग संस्कृति र परम्परको संरक्षण गर्दै नयाा पुस्तालाई पनि सिकाउने उद्देश्यले सोसाइटीले विगत ४ वर्ष देखि ल्होछार मनाउदै आएको छ ।

यो वर्ष सिड्नीमा रहेका स्थानिय कालाकारहरुले नृत्य, गायन, डम्फु नृत्य र तामाङ्ग सेलो प्रस्तुत गरेका थिए । साथै मौलीक खानाका परिकारहरु पनि उपलब्ध गराइएको थियो । फोटो सौजन्य योगेन्द्र राई 

75960_10201183774465710_1934238550_n

1798257_10201183802226404_1319656662_n1551494_10201183783505936_1523142398_n923412_10201183805626489_1677027867_n

Comment