Tuesday , December 12 2017
Home / Australia / सिड्नीमा झापाली समाजको रक्तदान

सिड्नीमा झापाली समाजको रक्तदान

सिडि्न / एक वर्ष अघि स्थापाना भएको झापाली समाज अष्ट्रेलियाले २२ जनावरी बुधवार सिड्नी टाउनहलमा रक्तदान कार्यक्रम गरेको छ । समाजले पहिलो पटक आयोजना गरेको यो रक्तदान कार्यक्रममा पहिलो दिनमा ३० जनाले रक्तदान गरेको अध्यक्ष दिनेश पोखरेलले सिमापारी डटकमलाई बताए । रक्त दान गर्न अएका मध्ये केही प्राथमिक परिक्षणमा असफल भएर फर्किएका थिए । बुधवार प्लाजमा र पूर्ण रगतदान दुवै भएको थियो । jhapali
सिड्नीको टाउन हल स्थित अस्ट्रेलियन रेडक्रश ब्लड डोनर सेन्टरमा भापाली समाजको नाममा केही हप्ता सम्म दाताहरुले रक्त दान गर्न सक्ने पोखरेलले जानकारी दिए । नेपालीहरू विच रहेको परोपकारको भावनालाई थप फराकिलो पार्नुको साथै अस्ट्रेलियामा नेपालीको पहिचान समेत बढाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजले बताए । अस्ट्रेलियामा गर्मी यममा स्वास्थ्य संस्थाहरुबाट रगतको माग बढी हुने भएकोले रेड क्रसले रक्तदान गर्न आहवान गर्ने गरेको छ । केही महिना अघि युथ फर चेन्जले पनि सोही स्थानमा रगतदान कार्यक्रम गरेको थियो ।jhapali2

Comment