Monday , December 18 2017
Home / Australia / सिड्नीमा खुल्यो वेट एन वाइल्ड

सिड्नीमा खुल्यो वेट एन वाइल्ड

सिड्नीको प्रोस्पेक्टमा अवस्थित बहु प्रतिक्षित वाटरपार्क वेट एन वाइल्ड हिजो डिसेम्बर १२ देखि संचालनमा आएको छ | हिजो करिब ३०,००० जनाले पार्कको मजा लिएका थिए | हिजो बिहान १० बजे खुल्ने भनिएपनि आगन्तुकको भीड लामो भएपछि  ८ बजे नै पार्कको गेट खोलिएको थियो |Wet 'N' Wild Gates Open

१२ करोड अस्ट्रेलियन डलरमा निर्मित सो पार्कले यो दश बर्ष भित्र ५० करोड अस्ट्रेलियन डलर कमाउने लक्ष्य लिएको छ | वेट एन वाइल्ड वाटर पार्कले ३०० जनालाई रोजगार दिइरहेको छ |388112-65af1342-3224-11e3-915f-4773b7e33d54

४० भन्दा बढी राइड्स रहेको पार्कमा केहि राइड्सहरु संसारकै सबैभन्दा ठुलो रहेको दाबि गरिएको छ |mb_wide_slides4-20131123230937638634-600x400

तर यसको प्रवेश शुल्क सस्तो भने छैन | सिजन गोल्ड पासको मुल्य १२४.९९ र सिल्भर पासको मूल्य ९९.९९ अस्ट्रेलियन डलर रहेको छ | त्यस्तै एक दिन मात्र प्रवेश गर्ने टिकटको मुल्य भने ६९.९९ अस्ट्रेलियन डलर रहेको छ | ३ बर्ष भन्दा मुनिको बच्चाहरुको भने कुनै शुल्क लाग्ने छैन |Wet'n'Wild Sydney Ride Testing

Comment