Thursday , December 14 2017
Home / Australia / सिड्नीमा किराँती नयाँ वर्ष मनाइने

सिड्नीमा किराँती नयाँ वर्ष मनाइने

सिड्नी/ खम्बु राई समाज सिड्नी अष्ट्रेलियाको आयोजनामा यही आउदो मार्च ८ शनिबारको दिन किराँती नयाँ बर्ष येले दोङ (५०७४) मनाउने भएको छ । म्यारिक्भिल टाउन हलमा साँझ ६ बजे बाट शुरुहुने यो कार्यक्रममा बिभिन्न सास्कृतिक झलकहरुका साथै स्थानिय कलाकारहरुले गीत, नृत्य र प्रहशन प्रस्तुत गर्ने छन् ।

सिड्नीमा किराँत खुम्बु राईहरुले पहिलो पटक येले दोङको उपलक्ष्यमा कार्यक्रम गर्नलागेको हो । कार्यक्रममा सहभागि हुन आयोजकले सबै सिड्नीवासी समुदायलाई आग्रह गरेको छ । यो कार्यक्रममा नेपालबाट घुम्नको लागि सिड्नी अष्ट्रेलिया आउनु भएका अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यबस्था गरिएको छ । अन्य सहभागिहरुको लागि प्रवेश शुल्क १५ अष्ट्रेलियन डलर रहेको बताईएको छ ।kirat Rai festival

Comment