Monday , December 18 2017
Home / Australia / सिड्नीमा किराँती नयाँ वर्ष एले दोङ मनाईयो (फोटो फिचार)

सिड्नीमा किराँती नयाँ वर्ष एले दोङ मनाईयो (फोटो फिचार)

सिड्नी/ किराँत खम्बु राई समाज अष्ट्रेलियाको आयोजनामा एले दोङ साँझ (किराँती नयाँ वर्ष ५०७४) सिड्नीमा मनाइएको छ । गएको मार्च ८ शनिबारको म्यारिकभिल टाउनहलमा भेला भएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै सम्पुर्ण किराँतीहरुले नयाँ वर्षलाई स्वागत गरेका हुन् ।1621799_525116674274737_1409967324_n

सिड्नीमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा डा नारायण प्रधान, आदिवासि जनजाति मञ्चका अध्यक्ष गणेश तामाङ्, किराँत याक्थुम् चुम्लुङका अध्यक्ष विष्णु लिम्बु र आयोजकका तर्फबाट शशी राईले नयाँ वर्षको शुभकामना दिएका थिए । 1939979_525115894274815_823306383_n

किराँती सँस्कृति झल्कने स्वागत नृत्यबाट शुरु भएको कार्यक्रममा पुजा चन्द, पल्लवी थापा, सालु लिम्बु, सुस्मिता राई लगाएतले नृत्य प्रस्तुत गरेका थिए । साथै स्थानिय कलाकारहरु नरेन कुलुङ, राजेश के सी, विश्वास श्रेष्ठ, सुजाता उपाध्याय र सुनिल गुरुङ लगाएतले गायन प्रस्तुत गरेका थिए ।1010106_525115800941491_1634228212_n

सिड्नीमा किराँत खुम्बु राईहरुले पहिलो पटक आयोजना गरेको “येले दोङ” कार्यक्रमको संचालन राम सितुङखा राईले गरेका थिए । पहिलो किराति राज यलम्वरले यो संवत शुरु गरेको भन्ने अधारमा किराँती नयाँ वर्ष मनाउन शुरु गरिएको अध्यक्ष शशी राई सिमापारी डटकमलाई बताए । यो कार्यक्रममा नेपालबाट घुम्नको लागि सिड्नी अष्ट्रेलिया आउनु भएका अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यबस्था गरिएको थियो । अन्य सहभागिहरुको लागि प्रवेश शुल्क १५ अष्ट्रेलियन डलर रहेको थियो । फोटो सौजन्यः नेपाली टच1780850_525116420941429_1239005179_n

 

Comment