Thursday , December 14 2017
Home / Featured News / सिड्नीमा एन आर एनको देउसी भैलो

सिड्नीमा एन आर एनको देउसी भैलो

एनआरएनए न्यु साउथ वेल्स राज्यको आयोजनामा अष्ट्रेलियामा रहेका नेपालीहरुले देउसी-भैलो खेल्न सुरु गरेका छन् । शनिबार सिड्नीमा रहेका नेपालीहरुले कोग्रा, रकडेल, हर्सभिल र ब्लाकटाउनमा देउसी खेलेका हुन् ।

टोलीले हर्सभिलमा रहेको एनआरएनए आइसीसीका प्रवक्ता मन केसीको घरमा समेत देउसी खेलेका थिए । देउसी टोलीलाई तपेन्द्र थापा, हरि लामिछाने, चुरा बेलबासे, नारायण खनाल, मन केसी, बद्री अर्याल,  युवराज भट्टरार्इ,  मुक्ति रोक्का,  दिपक शेरचन लगायतले सहयोग गरेका थिए ।

देउसी टोलीमा सिड्नीका नेपालीहरुका अलावा  कलाकारहरु सन्तोकी केसी र ज्योति गैरे नृत्य गरेका थिए भने  भिमसेन सापकोटा र माधव शाहले देउसी भट्याएका थिए । अध्यक्ष हरि राम्जालीका अनुसार देउसी र भैलोबाट संकलन भएको रकमा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने नेपालीको शैक्षिक र स्वास्थ्य स्थिति सुधारमा खर्च गरिने छ ।

 

 

About admin

Comment