Thursday , December 14 2017
Home / Australia / सिड्नीमा ऋतु हाउस फुल, तिन दिनमा ३३ लाख रुपैयाको कारोवार

सिड्नीमा ऋतु हाउस फुल, तिन दिनमा ३३ लाख रुपैयाको कारोवार

सिड्नी/ नेपाली चलचित्र ऋृतुले सिड्नीमा भएको ३ शो बाट ३३ लाख रुपैयाको ग्रस कमाउन सफल भएको छ । सिड्नीको जर्ज स्ट्रिटमा रहेको इभेन्ट सिनेमामा विहिवार गोल्ड क्लासमा, शुक्रवार र शनिवार भने नियमित शो भएको थियो । चलचित्रका निर्माता सुरज प्रधानका अनुसार शनिवार हाउस फुल भएको थियो भने विहिवार ९० प्रतिसत हल भरिएको थियो । ritu hall
यी शोहरुका कारण ऋृतुले सिड्नीमा राम्रो ब्यापार गर्न सफल भएको छ । शुक्रबार र शनिबारको दिन चलचित्र हेर्न दर्शकहरुको ओहिरो लागेको थियो, शनिबार मात्र ५० जना भन्दा बढी दर्शकहरुलाई सिट उपलब्ध गराउन नसक्दा फर्किएका थिए । ऋतुको आगामी शो १० मार्च, सोमबार हर्सभिलको सिभिक थिएटरमा हुँदैछ । दर्शकको माग बढेकाले अर्को एक शो को लागि तयारी भैरहेको चलचित्र प्रदर्शनको ब्यवस्थापन गरिरहेको युथ फर चेन्ज(वाइ एफ सि) क्लवका अध्यक्ष बिजय पोखरेलले सिमापारी डटकमलाई बताए । सिड्नीमा अष्ट्रेलियाको नेपालीपत्र समाचार पत्र, वाइ एफ सि क्लव र अल्प फिल्मले यो चलचित्र प्रदर्शनको ब्यवास्थापन गरिरहेका छन् ।

ritu hall 2
ऋतु आउने शनिवार अस्ट्रेलियाको डार्विन र एडिलेटमा प्रदर्शन हुँदैछ । साथै अष्ट्रेलियाका एक दर्जन भन्दा बढी शहरहरुमा समेत देखाइन भएको छ । ऋृतु अष्ट्रेलिया बाहेक २ दर्जन देशहरुमा प्रदर्शन गरिने लक्ष्य राखिएको  निर्देशक मनोज अधिकारी बताउछन् । अष्ट्रेलिया लगत्तै ऋृतु जापान, अमेरिका, न्यू जिल्याण्ड, स्पेन, पोर्चुगलमा देखाइने छ ।

1186987_745089408843338_1087003863_n

 1795665_745089155510030_280047468_n1888725_745088615510084_1047785952_n

Comment