Friday , December 15 2017
Home / Australia / सिड्नीमा ऋतुको प्रोमो र पोष्टर सार्वजनिक

सिड्नीमा ऋतुको प्रोमो र पोष्टर सार्वजनिक

अस्ट्रेलियाका नेपालीको लगानिमा निमार्ण भैरहेको चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको छ । केहि हप्ता अघि सिड्नीमा आयोजित एक कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुमाझ चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको हो । उक्त कार्यक्रममा बोल्दै एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नेपाली युवाहरुको लगानि र मेहनेतलाई प्रवर्द्धन गर्न आफूले सधै सहयोगिको भुमिका निभाउने बिचार राखेका थिए ।

Ritu poster final
कार्यक्रममा ऋतु चलचित्र निमार्ण टोली र चलचित्रका सिड्नीमा रहेका कलाकारहरुको परिचय गराईको थियो । उक्त कार्यक्रममा एनआरएन ओसिनिया संयोजक मन केसी, एनआरएन अस्ट्रेलियाका महासचिव भरत पोखरेल, स्थानिय ब्यवसायि महेन्द्र लम्साल, चलचित्र वितरक दिनेश पोखरेलले सफलताको शुभकामना दिएका थिए । चलचित्रमा रालबल्भ कोईराला, मलिना जोशी, रीमा बिश्वकर्मा, मन के सी, कमल सिलवाल, बुलसन लाम्गादे, इभा इभानोभा, सुशिला बुढाथोकी लगाएतको अभिनय रहेको छ ।
यो चलचित्रमा निस्प्रभ सजीका गीत, हेमन्त राना र सुजिल कर्माचार्यको संगीत रहेको छ । यस्तै कोरियोग्राफी भिमसेन गुरुङको रहेको छ । सैलु आचार्य, सुरज प्रधान र अशोक गौतम निर्माता रहेका छन् । आल्फ फिल्म्सको ब्यानरमा निमार्ण भैरहेको यो चलचित्रका निर्देशक मनोज अधिकारी रहेका छन् ।

 

Comment