Friday , December 15 2017
Home / Australia / सिड्नीमा उधौली (फोटो फिचर)

सिड्नीमा उधौली (फोटो फिचर)

सिड्नी/ किराँत परिषदको आयोजनामा गएको वर्षहरुमा झै यो वर्ष पनि सिड्नीमा उद्यौली पर्व मनाइएको छ । सिड्नीमा रहेर परिषदमा आवद्ध राई, लिम्बु, याख्खा र सुनुवार समुदायको तर्फबाट डिसेम्बर १४ शनिवार मध्यान्नबाट वेटलम पार्क अर्लउडमा यो पर्व आयोजना गरिएको हो । किराँत, राई, लिम्बुको संस्कृति झल्कने पहिरन लगाएर कार्यक्रमा आएका सहभागिहरुले केलाङ, साकेवा र सिलि नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकृतिको पुजा गर्दै मनाउने उक्त पर्वमा किरांत सोसाइटी अफ भिक्टोरियाबाट समेत सहभागी आएका थिए । कर्यक्रममा गणेश तामाङ, जितमान लिम्बु, चित्र तुम्बाहाम्फे, शशि राई, मेजर भला राई, राम राई, डा नारायण प्रधान, भुमा लिम्बु, अरुण तामाङ लगाएत सिड्नीका नेपाली समुदायका प्रतिनिधिहरु सहभागि भएका थिए । उपस्थित समुदायका प्रतिनिहिरुले पर्वको महत्वका बारेमा बिचारहरु रखेका थिए ।

वर्ष भरि खान पुग्ने अन्न उत्पादनमा सहयोग गर्ने प्रकृतिलाई पुजा गर्न सेउलीको कुल देवता समेत स्थापना गरिएको परिषदका संयाजक चित्र तुम्बाहाम्फले सिमापारी डटकमलाई बताए । कार्यक्रममा मौलिक खानाका परिकारहरुको ब्यवस्था गरिएको थियो । नयाँ पुस्तालाई किराँतहरुको परम्परा,सस्कृति र रितिरिवाजबारे जानकारी दिन यस्ता कार्यक्रमको आयोजना गरिएको बताईएको छ । परिषदले केही महिना अघि उभौली पर्व मनाएको थियो ।

Comment