Sunday , November 19 2017
Home / Australia / सिड्नीमा आज गजल “मुशायरा”

सिड्नीमा आज गजल “मुशायरा”

सिड्नीमा यही अगस्ट २४ तारिखका दिन नेपाली गजलसम्बन्धी एउटा पृथक् कार्यक्रमको आयोजना हुने भएको छ । सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम मा सिड्नीका दश जना प्रखर गजलकारहरुको प्रस्तुति रहने बताइएको छ ।

गजल मुशायरा’ नाम दिइएको सो कार्यक्रम, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा यसफिल्डस्थित क्याथोलिक क्लबको हलमा गर्न लागिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु च्याप्टरको पनि सहयोगी भूमिका रहेको छ । कार्यक्रम संयोजक जितेन्द्र मल्लका अनुसार, कार्यक्रममा निष्प्रभ सजी, आलोक कोइराला, गोपी दवाडी, जितेन्द्र मल्ल, राजन कार्की, सिर्जना शर्मा, सुरजदेव श्रेष्ठ, विज्ञान कँडेल, सजल नयन र देव पाठक गरी दश जना श्रष्टाको गजल वाचन रहने छ ।

गायकत्रय आशीष श्रेष्ठ, राजेश केसी एवं प्रदीप चापागाईँको गजल गायन रहने उक्त कार्यक्रममा एक गजल नृत्य पनि प्रस्तुत गरिने बताइएको छ । मोती जयन्तिको अवसर पारेर यो कार्यक्रम हुन लागेको हो ।Gajal Mushayara Final

Comment