Tuesday , December 12 2017
Home / Australia / सिड्नीको वैटारामा शब्दमालाको नयां शाखा

सिड्नीको वैटारामा शब्दमालाको नयां शाखा

सिड्नी/ नेपाली भाषा विद्यालय शब्दमालाको तेस्रो शाखाको रुपमा सिड्नीको नर्थ वैटारामा कक्षा संचालन भएको छ । फेब्रवरी ९ आइतवार १७ जना विद्यार्थीबाट वैटारा पब्लिक स्कुलमा कक्षा संचालन भएको हो । अभिभावक असिम लम्सालका अनुसार सिड्नीको उत्तर का विभिन्न सवअर्वहरुमा बसोवास गर्ने नेपाली बालाबालिकालाई नेपाली भाषा र कला संस्कृति तथा परम्पराहरु सिकाउने उद्देश्यले यो काक्षा संचालन गरिएको हो ।sabdamala kids

न्यु साउथ वेल्स राज्यको शैक्षिक प्रणाली अनुसार हरेक आइतवार १० देखि १२ बजे सम्म भाषा कक्षा संचालन हुने छ । अहिले ग्रेनभिल र क्याम्सीमा शब्दमालाले कक्षाहरु संचालन गरिरहेको छ । शब्दमालाका अध्यक्ष विक्रम शर्मा खरेलका अनुसार सिड्नीका बिभिन्न सवअर्वहरुका बसोवान गर्ने नेपाली अभिभावकहरुको अनुरोधका आधारमा शाखाहरु विस्तार गर्दै लगिने छ ।1620672_620280801360701_1374182437_n

विद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिका छन् साथै स्थानिय अभिभावकहरुले स्वयमसेवा गरिरहेका छन् । रज्य सरकारको स्थानिय सामुदायिक भाषा विद्यालय सम्बिन्धि नीति र नियम अन्तर्गत रहेर यो विद्यालय संचाल भैरहेको हो ।1743745_620280524694062_387049848_n

Comment