अष्ट्रेलियामा बनेको नेपाली सिनेमा ॠतुको कम अन बेबी गीतको भिडियो सार्वजनिक भएको छ। युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा रीमा बिश्वकर्मालाई ज्यादै नै कामुक, ग्ल्यामरस रुपमा देखाइएको छ। अष्ट्रेलियामै बसोबास गर्ने नब नायक बिष्णु न्यौपानेले साथ दिएको यस भिडियोमा अन्य कलाकारहरुलाई समेत देख्न सकिन्छ। भिमसेन गुरुङको न्रित्य रहेको यस गीतलाई सिड्नीको नर्थ बिचहरुमा छायाङ्कन गरिएको थियो। सुजिल कर्माचार्यले संगीत भरेको यस् गीतलाई आस्था बि र सुजिल कर्माचार्य स्वयमले स्वर दिएका छन।
मनोज अधिकारीको निर्देसनमा बनेको यस् सिनेमाको ९० प्रतिसत छायाङ्कन अष्ट्रेलियामा गरिएको थियो। यस् सिनेमामा रीमा बिश्वोकर्माको साथमा राज बल्लभ कोइराला, मलिना जोशी, बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन, इभा इभानोभा, मन खत्री लगायतका कलाकारहरुले मुख्य भूमिका निभाएका छन। नेपालमै पहिलो पटक नेपाली सिनेमा स्क्रिप्ट लेखन प्रतियोगिता गरेर दोस्रो हुने स्क्रिप्टमा बनायिएको यस् सिनेमालाई आल्प इन्टरटेन्मेन्टले अपिल बिष्ट फिल्म्स, प्लानेट३ फिल्म्स, अशोक गौतम फिल्म्स र सुरज प्रधानको साथमा निर्माण गरेका छन।
यस् सिनेमालाई आगामी फेब्रुअरी महिनामा संसारभरी रिलिज गरिदै छ।
Geet yesto alchi lagdo cha, film kasto hola