Monday , December 18 2017
Home / Nepal / साहित्यकार जगदिश घिमिरेको निधन

साहित्यकार जगदिश घिमिरेको निधन

jagadish ghimireअन्तरमनको यात्रा नामक पुस्तकका रचनाकार तथा मदन पुरस्कार विजेता साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि मल्टिपल माइलोमा नामक रगतको क्यान्सरबाट पीडित घिमिरेको ओम अस्पतालमा आज बिहान करिब ६ बजे निधन भएको अस्पताल सूत्रले जनाएको छ । घिमिरेको अन्त्येष्टि पशुपति आर्यघाट गरिने बताइएको छ । मल्टिपल माइलोमा क्यान्सरले पुनः असर गर्न थालेपछि घिमिरे गएको एक महिनादेखि ओम अस्पतालमा उपचार गराइरहेका थिए । वि।स २००२ साल चैत २८ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरेका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

उनका लिलाम र साविती उपन्यासहरू प्रकाशित छन् भने बर्दी र जगदिशका कथा संग्रहहरु चल्तीका कृति मानिन्छन् । उनले नाटक र कविताहरू पनि प्रकाशन गराएका छन् । २०६४ सालमा अन्तर्मनको यात्राले मदन पुरस्कार पाएको थियो ।

Comment