Friday , December 15 2017
Home / Australia / सात विकेटले बुढानिलकण्ठ बिजयी, रोचक भट्ट म्यन अफ द म्याच

सात विकेटले बुढानिलकण्ठ बिजयी, रोचक भट्ट म्यन अफ द म्याच

atul shrestha

सगरमाथा क्रिकेट क्लवका अतुल श्रेष्ठ

सिड्नी / नेप्लिज क्रिकेट एसोसियसन अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भैरहेको प्यासिफिक कलेज एक दिवसिय क्रिकेट प्रतियोगिताको आइतवारको खेल डाइनामिक बुढानिलकण्ठले जितेको छ ।

rochak bhatta

आइतवारको म्यन अफ द म्याच रोचक भट्ट

रोचक भट्को अबिजित ५० रनको योगमा डाइनामिक बुढानिलकण्ठले सात विकेटको फराकिलो नतिजा निकाल्दै सगरमाथा क्रिकेट क्लवलाई पराजित गरेको हो । आइतवारको खेलमा टस जितेर पहिले ब्याटिङ् रोजेको सगरमाथाले २४ ओभरमा सबै खेलाडि गुमाएर ११८ रन जोडेको थियो ।

जवाफमा मात्र ३१ ओभरमा तिन विकेटको क्षतिमा बुढानिलकण्ठले सहज जित हातपारेको हो । बुढानिलकण्ठका क्षितिजले ४ विकेट लिएका थिए भने सगरमाथाका लागि अतुल श्रेष्ठले मात्रै ५४ रन जोडेका थिए । आजको खेलको म्यन अफ द म्याच डाइनामिक बुढानिलकण्ठका रोचक भट्ट भएका थिए ।

Comment