Wednesday , December 13 2017
Home / Australia / साताको साहित्य पुरस्कार कवि रमेश सायनलाई

साताको साहित्य पुरस्कार कवि रमेश सायनलाई

साताको साहित्य डट कम ले सन २०१३ को साताको साहित्य पुरस्कार कवि रमेश सायनको कविता नाम धनिमाया थारु बर्ष चौरासी लाई यहि शनिवार काडमाडौमा एक समारोहबिच प्रदान गरेको छ ।SONY DSCसाताको साहित्य डट कम मा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई यो पुरस्कार हरेक बर्ष प्रदान गरिँदै आएको छ । कवि तथा निबन्धकार श्यामलको प्रमुख आथित्यतामा प्रदान गरिएको यस पुरस्कारको राशी नगद रु बिसहजार रहेको छ । साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि तथा गीतकार नवराज कार्की, तुलसीहरी कोइरला, मधु पाठक, ठाकुर बेलवासे, ध्रव मधिकर्मी लगायतका साहित्कारहरूको उपस्थिति थियो । साताको साहित्य डट कम अस्ट्रेलियाबाट संचालित साहित्यिक अनलाइन हो । साप्ताहिक रुपमा वर्षभरी प्रकासित रचना मध्ये उत्कृष्टलाई यो पुरस्कार प्रदान गरिन्छ । कार्यक्रमको संचालन संचारकर्मि तथा गीतकार भूपेन्द्र खड्काले गर्नु भएको थियो । 

Comment