Saturday , December 16 2017
Home / Article / सहरको कथा

सहरको कथा

शैल नेपाल, सिड्नी 

ब्यस्त शहरको नामी रेस्टुरा|

समय त्यस्तै साढे आठ भएको हुनु पर्छ बेलुकीको | मान्छेको चहलपहल बाक्लो छ, वेटर/वेट्रेस सेवाको निम्ति तम्तयार छन् – कोहि अर्डर लिदै, कोहि खाना टेबल सम्म पुर्याउदै अनि कोहि चै पेमेन्ट लिंदै  | र पनि, एउटा नपत्यारिलो शुन्यता छ त्यहाँ , मान्छे एक आपसमा सुस्तरी बोलि रहेछन, मानौं समय अडिएको छ | नेपथ्यमा बजेको जस्तो गरेर मधुरो आवाजमा अंग्रेजी गीत बजिरहेछ अनि ‘क्यान्डल लाइट डिनर’ को निम्ति प्रख्यात यो रेस्टुराको टेबुल नम्बर ३२ मा छन् उनि हरु पनि| संयोग नै भनौं, पुरुषको नाम पुरुष र महिलाको नाम महिला, सम्झन पनि कति सजिलो!

पुरुष र महिला दुवैलाई थाहा थियो, रेस्टुरामा, अझ बिशेष गरि यो रेस्टुरामा खान जानु भनेको कम्तिमा एकाध घण्टा छुट्याएर जानु हो | त्यसैले उनीहरु पर्खि रहेका छन्, कुनै छटपटी छैन, किनकि मान्छेले अप्रत्याशित घटनाहरुमा मात्र प्रतिक्रिया जनाउँछ| यो पर्खाइ त पुर्वानुमानित थियो, त्यसैले उनीहरु पनि पर्खि रहेछन| दुवैको बिचमा मैनबत्ती बलिरहेकोछ – दुवैको अनुहारमा एक किसिमको आभा छर्दै, र त्यो आभामा थप चमक थपेको छ मोबाइलको उज्यालोले| दुवै मोबाइलमा ब्यस्त|

खाना आइ पुग्यो, दुवैले मोबाइल थन्क्याए|

पुरुष – ” ह्याप्पी म्यारिज एनिभर्सरी ! ”

महिला – ” थ्यांक यु, एण्ड सेम टु यु!”

बार्तालाप धेरै बेर चल्नै पाएन, अझ भनौं त्यहाँ भन्दा अघि बढ्नै पाएन | महिलाको मोबाइलमा एउटा ‘टेक्स्ट’ आइपुग्यो | उसले  भर्खरै थन्क्याएको मोबाइल निकाली, अनि मुसुक्क  हाँस्दै ‘रिप्लाई’ टाइप गर्न थाली | पुरुष एक्लै भयो, खाना चपाउदै देब्रे हातले मोबाइल चलाउन थाल्यो |

केहि छिन सम्म अनि पछि  धेरै बेर सम्म त्यो क्रम चलि रह्यो | त्यहि क्रमै क्रममा महिलाले पुरुषको एउटा फोटो खिची, फेसबुकमा हाली, पुरुषलाई  ट्याग गरी  अनि लेखी – वर्ल्ड’स् मस्ट केयरिंग एण्ड लभिङ्ग हसबेण्ड | पुरुषले कमेन्ट गर्यो – “ह्याप्पी एनिभर्सरी डार्लिंग !”

खाना खाने काम सकियो | पुरुषले वेटरलाई इशारा गर्यो, पैसा तिर्यो र अघिको फोटोमा कमेन्ट गर्यो – ‘ घर जाउँ !’

यो ब्यस्त शहर | मान्छे उत्तिकै आइ जाइ गरिरहेका छन्, र पनि एउटा नप्त्यारिलो शुन्यता छ यहाँ – कहाली लाग्दो शुन्यता!!

7 comments

  1. Well written. We are heading to unknown direction with so called technological advancement and modern society and we tend to forget the real social norms and relational values. Kudos to writer.

  2. beautiful very nicely presented the reality

  3. Ekdum nai ghatlagdo katha.
    Well presented.

  4. well presented

  5. Kasto ramro prastuti, bishayabastu thikai bhaye pani prastuti le man chhoyo.

  6. JPT story. Didn’t like.

  7. Yes I know people are used to their cell phone etc but not to the extent the writer has imagined. Good try but full of hyper- imagination.

Comment