Saturday , December 16 2017
Home / Entertainment / सलमान खानले भने ‘म अझै भर्जिन छु’

सलमान खानले भने ‘म अझै भर्जिन छु’

Salman-Khan_13करण जौहर को च्याट शो ‘कफी विद करन’ को नयाँ सीजन को शुरुवातमा उनका गेस्ट बनेका थिए सलमान खान । करन जौहर ले सलमान खालसंग गरेको कुराकानीका क्रममा उनका जिवनका कतिपय रहस्य खुलासा भएका छन । सलमान खानले यस क्रममा करनका हरेक प्रश्नका उत्तर दिएका थिए।

सलमानले बलिउडका अभिनेत्रीहरूका साथमा आफ्नो रिलेशनशिपका बारेमा पनि खुलेर कुरा गरेका छन । उनले करनसंग एक सनसनीखेज खुलासा समेत गरेका छन । सलमानले भने कि उनी फेरी पनि रिलेशनशिपमा बाँधिन चाहन्छन ।

सलमानले यो कुराको खुलासा समेत गरेका छन कि उनी अझै पनि भर्जिन रहेका छन । सलमानको यस जवाफले करन अचम्मित भएका थिए । उनले सलमान उनका साथमा ठट्टा गरिरहेका छन भन्ने सोचेका थिए । उनले जब  सलमानसंग तीन पटक सोधे हरेक पटक सलमानले यहि जबाफ दिए कि म अझै भर्जिन छु ।

फिल्म इन्डस्ट्रीमा कतिपय एक्ट्रेसका साथमा सलमान को नाम जोडिएको छ । तर सलमानले उक्त राष्ट्रिय टेलिभिजनमा आफ्नो भर्जिनिटी सुहागरातका लागी बचाएर राखेको बताएका थिए । यसको मतलब बलिउडका यी दबंग अहिले आफ्नी दुलहीको खोजीमा छन ।

Comment