Friday , December 15 2017
Home / Featured News / सरकारका नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सरकारका नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

वर्तमान सरकारले सरकारका काम कारबाहीलाई चुस्त र प्रभावकारी रुपमा अघि बढाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारी गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्न लामो समय लागेको अवस्थाले नै सरकारको कार्यगति स्पष्ट भएको छ भने नीति तथा कार्यक्रमले दिशा निर्धारण गर्नेछ ।

सरकार बनेका यतिका दिन भइसकेकाले काम चाँडै सम्पादन गर्न सरकारको न्यूनतम् साझा सहमतिको कार्यक्रम सकेसम्म आजसम्म सार्वजनिक हुने तयारी हुँदैछ, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा। मीनेन्द्र रिजालले  भने ।cabinate photo

सो बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सय दिनभित्र हरेक मन्त्रालयले के कस्ता काम पूरा गर्न सक्छ, त्यसबारेमा अर्को मन्त्रिपरिषद्को बैठक र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन पनि निर्देशन दिएका छन् ।

त्यसमा मूलतः सरकारी सुविधालाई प्रभावकारी रुपमा प्रदान गर्ने, प्रशासनिक काम कारबाहीमा भएका ढिलासुस्ती अन्त गर्ने, विकास आयोजनामा खर्च हुन नसकेको र ढिलो भएको कामलाई समयमा नै अघि बढाउने र संसद्मा प्रस्तुत हुने विधेयक पनि अलमलमा नपरुन् भनेर निर्देशन दिनुभएको छ,मन्त्री डा। रिजालले भने ।

वैदेशिक सहायताजस्ता विषयमा काम गर्दा पनि भ्रमणजस्ता कुरामा फजुल खर्च नहोस् र सरकारको जानकारीभन्दा बाहिरबाट जाने पुरानो प्रचलनलाई ध्यानमा राखेर आगामी दिनमा त्यसलाई निरुत्साहित गरी व्यवस्थित एवम् नियमित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

यस्तै बैठकमा अध्यादेशहरु प्रतिस्थापन गर्ने केही विधेयकहरु प्रस्तुत गर्ने सम्बन्धमा पनि निर्णय भएको छ । जसमा विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, सम्पत्ति शुद्धिकरण र कसुरजन्य सम्पत्ति र साधन रोक्का नियन्त्रण र जफतसम्बन्धी विधेयक छन् ।

Comment