Monday , December 18 2017
Home / Australia / समुन्द्रमा डुवेर मेलवर्नमा नेपालीको मृत्यु

समुन्द्रमा डुवेर मेलवर्नमा नेपालीको मृत्यु

ऋषि आचार्य

अस्ट्रेलियाको मेलवर्न शहर नजिक गिप्सल्याण्ड स्थित लेक टायर्स बीचामा पौडि खेल्न क्रममा डुवेर एक नेपालीको मृत्यु भएको छ । जनावरी १४ मंगलवार दिउसो साथीहरु सँग समुन्द्रमा पौडी खेल्न क्रममा छालमा परेर चितवन घर भएका जिवलाल बसेलको निधन भएको भिक्टोरीया राज्यका लागि नेपाली अवैतानिक महाबाणिज्यदुत चन्द्र योन्जनले जानकारी दिएका छन् । यो घटनाको पुष्टी गर्दै योञ्जनले परिवारसँग सम्पर्क र के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बारेमा समुदायका सदस्यहरु सँग छलफल भैरहेको बताए । सन् २००९ मा अस्ट्रलिया आएका बसेल अध्यन सकेर स्पोन्सर भिसामा थिए । सोमाबार र मंगलवार दुइ दिनको छुट्टी मनाउन उनी छिमेकी र साथीहरु सँगै गिप्सल्याण्ड क्षेत्रमा घुम्न गएका थिए ।

111यसैगरी गैर आवासिय नेपाली संघ भिक्टोरीया शाखाका संयोजक ऋषि कंडेलका अनुसार एन आरएनले स्वर्गिय वसेलको अत्यष्टिका लागि आवश्यक पर्ने सहयोग जुटाउन तयारी भैरहेको सिमपरिलाई बताए । मृतकका नेपालमा रहेका आफन्तलाई घटना बारे जानकारी गराइसकेको र उनीहरुको इच्छा अनुसार नै शव नेपाल पठाउने वा मेलवर्नमै अन्त्यष्टि गरिने निर्णय हुने कंडेलको भनाई रहेको थियो ।

यसैबिच भिक्टोरीयाबाट प्रकासन हुने हेराल्ड सनले मंगलवारको अनलाइन संस्करणमा समुद्रमा डुवेर एक युवाको मृत्यु भएको समाचार छापेको थियो । हेराल्ड सनको समाचार अनुसार गिप्सल्याण्डको लेक टायर्स बीचामा उक्त दुखद घटना भएको थियो । एम्बुलेन्स भिक्टोरीयालाई आकस्मिक सहयोगको लागि मंगलवार १:४० बजे फोन आएको समाचारमा उल्लेख छ ।

Comment