Friday , December 15 2017
Home / Featured News / समानुपातिकको गणना सकियो, संविधान सभामा ३१ दल

समानुपातिकको गणना सकियो, संविधान सभामा ३१ दल

bhot countingसंविधानसभा सदस्य निर्वाचन २०७० अन्तर्गत समानुपातिक निर्वाचनको मतगणना सकिएको छ। मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनको शुक्रबार सकिएको मतगणना अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीमा सबैभन्दा बढी सिट ल्याएको नेपाली कांग्रेसले नै समानुपातिक निर्वाचनमा पनि बढी मत ल्याएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए।

‘२४० क्षेत्रमै रहेको निर्वाचन केन्द्रबाट प्राप्त तथ्याङ्कलाई रुजु गर्ने काम अहिले भइरहेको छ। सदर मत र बदर मतको हिसाब त्यसपछि आउनेछ,’ उनले बताए।  निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म केन्द्रमा ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत गणनाको तथ्याङ्क आएको छ।  कूल मतदाताको यो ७७.८५ % हो।

आयोगका अनुसार नेपाली कांग्रेसले २४ लाखभन्दा बढी मत ल्याएको छ भने एमाले २२ लाखभन्दा बढी  मतका साथ दोस्रो स्थानमा छ। अघिल्लो संविधान सभा निर्वाचनमा सबैभन्दा बढी समानुपातिक मत ल्याएको एमाओवादीले १४ लाख मत ल्याई तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ। अघिल्लो निर्वाचनमा समानुपातिकमा चार सिट मात्रै जितेको राप्रपा नेपालले यस पटक समानुपातिक मतगणनामा चौथो स्थान कायम गरेको छ। राप्रपा नेपालको कूल मत ६ लाखभन्दा बढी छ।

“जिल्लाहरुबाट अन्तिम तथ्याङ्क प्रशोधन कार्य भइरहेको छ, यसले गर्दा थोरै मतसंख्या थपघट हुनसक्नेछ”, राईले भने, “त्यसपछि आयोगले अन्तिम तथ्याङ्क सार्वजनिक गर्नेछ।”

Comment