Wednesday , December 13 2017
Home / Australia / समलिंगी बिवाहलाई मान्यता दिने कानुन उच्च न्यायालयले खारेज गर्यो

समलिंगी बिवाहलाई मान्यता दिने कानुन उच्च न्यायालयले खारेज गर्यो

गत हफ्ता मात्र कानुनि मान्यता पाएको समलैंगिक बिवाहलाई क्यानबेरा स्थित उच्च न्यायालयले आज खारेज गरेको छ | अदालतले एसीटि को बैवाहिक समानता (समलैंगिक) कानुन २०१३ हालको बैवाहिक संघिय कानुन १९६१ सँग बाझिन आएको र दुबई कानुन एकैसाथ रहन नसक्ने निष्कर्ष दिएको छ |

समलिंगी विवाहले बैधानिकता पाएपछि गत सप्ताहान्तको आइतबार ३० जोडीले बिवाह गरेका थिए | अहिले संघिय अदालतको यो निर्णय पछि भने उनीहरुको विवाहको मान्यतालाई लिएर प्रश्नचिन्ह लागेको छ |

अदालतको यस्तो निर्णयपछि अस्ट्रेलियन क्यापिटल टेरीटरिकि मुख्यमन्त्रि क्याटी गलाघरले “आज हामि असफल भएपनि हाम्रो बिचारमा यस घटनाक्रमले कम्तिमा बैबाहिक समानताको बहसमा एक कदम बढेको छ ” भन्ने प्रतिक्रिया दिइन| साथै उनले न्यायालयले गलत ठहर्याएपनि सरकारले गरेको निर्णय बहादुरीपूर्ण भएको भनेर सराहना गरिन |

Comment