Wednesday , December 13 2017
Home / Entertainment / सभासद नबनाएपनि भुवन केसी एमालेमै रहने

सभासद नबनाएपनि भुवन केसी एमालेमै रहने

अभिनेता भुवन केसीले एमालेले आफूलाई सभासद नबनाएपनि आफूले एमाले नछाड्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर केसीले आफूले पदको लागि नभई सिद्धान्त र विचारबाट प्रभावित भएर नेकपा एमालेको राजनीति थालेको भन्दै आफू पार्टी र सिद्धान्तप्रति प्रतिवद्ध रहेको बताए ।image846349342
आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको टिप्पणी उनले गरे । आफूले प्रचार गरेका सबै एमालेका नेताहरुले चुनाव जितेकोमा आफूलाई गर्व लागेको केसीले बताए ।
एमालेले केसीलाई पहिला काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भनेको थियो । तर अन्तिम समयमा केसीको टिकट खोसेको एमालेले उनलाई समानुपातिकको सूचिमा राखेपनि सभासदमा भने सिफारिस गरेको थिएन ।
उनले आफू पदको लागि नभई सिद्धान्त र विचारबाट प्रभावित भएर नेकपा एमालेमा आबद्ध भएको स्पष्ट पार्दै प्राविधिक कारणबस सभासद हुन नसके पनि पार्टीको सिद्धान्त र पार्टीप्रति प्रतिबद्ध रही एमालेमै पूर्ण निष्ठाका साथ लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।
सभासद बनेको भए आफूसँग संविधानसभामा जुन सुकै भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको दावी पनि उनले गरे । मसँग संविधानसभा, सरकार हाक्न सक्ने र देश चलाउन सक्ने क्षमता छ,’ केसीले भने तर म पदको लागि राजनीतिमा आएको होईन ।
केसीले कलाकारलाई सम्मान गर्न सके पार्टीकै प्रतिष्ठा उँचो हुने भन्नै मन्त्री परिषदबाट मनोनित हुने २६ सिटबाट कलाकारलाई अवसर दिए राम्रो हुने तर्क गरे । पार्टीले संविधानसभा बाहिर कुनै राजनीतिक नियुक्ती दिए त्यो नस्विकार्ने स्पष्ट पार्दै उनले आफू चलचित्र विकास बोर्डको अध्यक्ष बन्न एमाले नभएको दावी गरे ।
केसीले पार्टीले विश्वास गरेर पहिला आफूलाई प्रत्यक्ष र दोस्रो पटक समानुपातिकको बन्द सूचिमा राखेर विश्वास गरेकोमा पार्टीप्रति आभार ब्यक्त गर्दै संविधानसभाको निर्वाचनको अभियान आफ्नो लागि राजनीतिक अध्ययनको विषय बनेको बताएका छन ।

Comment