Friday , December 15 2017
Home / Featured News / सधै रहने राजतन्त्र जस्तो होईन राष्ट्रपतिको पद: के पी ओली

सधै रहने राजतन्त्र जस्तो होईन राष्ट्रपतिको पद: के पी ओली

नेकपा एमालेका नेता केपी शर्मा ओलीले अव फेरि समानुपातिकतर्फबाट मनोनित सभासदहरुको नाम बुझाउने म्याद थप्न नसकिने स्पष्ट पार्नुभएको छ । उहाले फेरि पनि समानुपातिकको सूचि बुझाउने समय थप्नु भनेको प्रक्रिया लम्ब्याउनु मात्रै हो भन्दै अब त्यस्को आवश्यकता छैन म्याद थपेर दलले पाएको सिट बढ्ने होईन भन्नुभएको छ । एमाओवादीले परिणाम नस्विकारेर जनताको अपमान गरेको आरोप लगाउँदै ओलीले एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने संसदीय आयोग नै गठन हुने बताउनुभएको छ ।

उहाले सडकबाट आयोग गठन गर्ने कुरा हुँदैन एमाओवादीले भने जस्तो आयोग संसदबाटै गठन हुन्छ भन्दै त्यो आयोगले दिएको सुझावको आधारमा भविष्यमा हुने चुनावमा त्यस्ता गल्ती कमजोरी सुधार्ने हो अहिले केही हुँने होइन भन्नुभएको छ ।
उहाको भनाइ थियो –नयाँ संविधान बनाउन निर्वाचित भएर आएकोले अब नयाँ संविधान बनाउन लाग्ने हो कहाँ पुरानो संविधान संसोधन गर्न तर्फ लाग्ने ? यस्तो नहुने कुरा नगरौ ।

परिस्थिति परिवर्तन भईसकेकोले अब उच्चस्तरीय राजनीतिक समितिले कुनै निर्णय गर्न नपाउने भन्दै ओलीले एक दुईको लागि कसैलाई सन्तोष दिन आयोग कायम रहेको बताउनुभएको छ । उहाले दलहरुले १ वर्षभित्र संविधान बनाउने प्रतिवद्धता ब्यक्त गरे पनि संविधानले ४ वर्षभित्रमा संविधान बनाउने कल्पना गरेकोले राष्ट्रपतिलाई संविधान जारी गरुन्जेलसम्मकोलागि राख्न नसकिने स्पष्ट पादै भन्नुभएकोृ छ –४वर्षमा संविधान बनाउने त्यसपछि ४ वर्ष प्रादेशिक सभा र ईलेक्ट्रोल कलेज बनाउन समय लाग्छ, अहिले राष्ट्रपतिको कार्यकाल ६ वर्ष वितिसक्यो । संसारमा कतै १४ वर्ष हुन्छ राष्ट्रपतिको कार्यकाल ? राष्ट्रपति भनेको राजतन्त्र होईन सधै रहिरहने ?

हिजो राष्ट्रपति छान्दाको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिसकेकोले अब नयाँ राष्ट्रपति हुनु पर्ने तर्क गर्दै ओलीले भन्नुभएको छ –हिजोको संविधानसभाले हिजो राष्ट्रपति छान्यो, आजको संविधानसभाले अहिले राष्ट्रपति छान्छ । यदि अहिले एमाओवादीको राष्ट्रपति भएको भए काग्रेसले कायमै रहनु पर्छ भन्न सक्थ्यो ? यो कुरा राम्ररी बुझ्नु पर्छ । लोकतान्त्रिक मुल्य र मान्यतालाई आफ्नो अनुकुलता र प्रतिकुलतामा ब्याख्या गर्नु हुँदैन । उहाले कतिपय अधिवक्ताहरुले एक पक्षीय रुपमा राष्ट्रपतिको विषयमा वकालत गरेका छन भन्दै राष्ट्रपति वकालतको भन्दा पनि लोकतान्त्रिक मुल्य मान्यताको विषय भएकोले सिट घट्दा एमाओवादीलाई नआत्तिन सुझाव दिने काग्रेसलाई बढी सिट आउँदा नमात्तिन सुझाव दिनुभएको छ ।

Comment