Friday , December 15 2017
Home / Australia / सडक बालबालिकालाई सहयोग गर्न “नयाँ”को क्रुज पार्टी

सडक बालबालिकालाई सहयोग गर्न “नयाँ”को क्रुज पार्टी

सिड्न/ नेपाली अस्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा सिड्नीमा क्रुज पार्टी सम्पन्न भएको छ । यही जनावरी १८ शनिवार साँझ करिव ४ घण्टा सम्म संचालन भएको  क्रुज पार्टी सिड्नीमा हरेका करिव चारसय जना नेपालीहरु सहभागि भएको नयाँका संयोजक ज्ञानेन्द्र रेग्मीले सिमापारी डटकमलाई जानकारी दिए ।482535_717794604908170_1354572709_n नयाँ वर्ष २०१४ लाई परिवार सँग उल्लासमय रुपमा मनाउन आयोजना गरिएको यो कार्यक्रममा नेपालबाट अस्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको नयाँ अध्यक्ष कोमल पाठकले बताए ।  कार्यक्रममा राफल, डिजेको प्रस्तुतिका साथै बालबालिकाहरुको लागि क्विज गरिएको थियो । नेपलका सडक बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नु पनि यो कार्यक्रमको उद्देश्य रहेको यपाध्यक्ष प्रकास खरेलले जानकारी दिए । कार्यक्रममा सिड्नीमा रहेका गैर आवासिय नेपालीसंघका प्रतिनिधिहरु, यहाँका नेपाली समुदयका अगुवा र ब्यवसायिहरुको पनि उपस्थिति रहेको थियो ।

विष्फोटमा परी घाइते भएका बालकलाई (नयाँ)को सहयोग

यसैबिच दोसो संविधानसभाको निर्वाचनका दिन भोटेबालमा भएको बम विष्फोटमा परी घाइते भएका एक बालकलाई अष्ट्रेलियाबासी नेपालीहरुले सहयोग गरेका छन् । मंसिर ४ को चुनावका दिन विहान घरवाहिर खेलिरहेको समयमा भएको बम विष्फोटमा परी घाइते भएका बालक समिर खड्कालाई नेपाल अष्ट्रेलिया युथ एशोशिएशनले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो ।help-handover

सहयोग रकम आइतवार बालक खड्कालाई उनकै घर पुगेर काँग्रेस महामन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका हुन् । संस्थाका महासचिव भिष्म भण्डारीको सक्रियातामा अस्ट्रेलियामा संकलन भएको यो सहयोग रकम अट्रेलियाबाट नेपाल आएकी संस्थाकी प्रतिनिधि सिर्जना सापकोटाको उपस्थिमा हस्तान्तरण गरिएको थियो ।

Comment