Tuesday , December 12 2017
Home / Featured News / सगरमाथाको यात्रामा कुकुर (फोटो फिचर)

सगरमाथाको यात्रामा कुकुर (फोटो फिचर)

उत्तरी भारतको लद्दाखमा डम्पिङ् साइटबाट उद्धार गरिएको एक कुकुर ‘रूपी’ आफ्ना मालिकसँगै सगरमाथाको आधार शिविर पुग्न सफल भएको छ। यसलाई मालिक जोनी लेफ्सनले पहिलो औपचारकि रेकर्ड भएको दाबी गरेका छन्।

Dog climbs Everest

जोनीले पहिलोपटक भेट्दा रूपीको उमेर ८ महिनाको थियो। जोनी उद्धार गर्दाको क्षण सम्झिन्छिन्, “मैले एक घन्टा मात्र ढिलो भेटेको भए उसको मृत्यु हुन सक्थ्यो। ऊ एक सय फिट पनि राम्ररी हिँड्न सकेको थिएन।” उद्धारपछि उनले रूपीलाई प्रोटिनयुक्त अन्डा र भात ख्वाएर पालनपोषण गरेकी थिइन्।

Dog climbs Everest

बेलायती न्युज एजेन्सी कार्टर्सले “ब्रेभ डग रेस्क्युड फ्रम डम्प सेड फस्ट टू क्लाइम्ब माउन्ट एभरेस्ट” शीर्षकमा उक्त समाचार लेखेको थियो। सामग्रीमा बताइए अनुसार यसअघि जोनीले अर्को कुकुर “ओस्कार”सँग विश्व यात्रा गरेर रेकर्ड बनाएकी थिइन्।

Dog climbs Everest

तर, ओस्कारको ११ महिनाअघि कार दुर्घटनामा मृत्यु भएपछि उसलाई बेसक्याम्पसम्म पुर्‍याउने उनको योजना तुहिएको थियो। हिमाली वातावरणमा हुर्केकै कारण रूपीलाई उचाइको समस्या देखिएन।

स्रोत: समाचार एजेन्सिहरुको सहयोगामा

Dog climbs Everest

Comment