Wednesday , December 13 2017
Home / Featured News / संसद अझै अबरुद्ध

संसद अझै अबरुद्ध

आर्थिक वर्ष २०७१/०७२ को विनियोजन विधेयकमाथी छलफल हुने कार्यसूची रहेपनि सरकारले रकमान्तर गरेर करोडौं रुपैयाँ दुरुपयोग गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेपछि बैठक सुचारु सकेन ।

बैठकको शुरुमै एमाओवादीका सभासद् जनार्दन शर्माले सरकारले नेता कार्यकर्तालाई पैसा बाँडेको आरोप भन्दै हुँदै नभएका योजनामा पनि मन्त्रीको तोक आदेशको भरमा बजेट दुरुपयोग भएको बताऐ । सभासद् शर्माले मन्त्रीहरुले कार्यकर्ता पोस्न बजेट भागवण्डा गरेर बिना योजना सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले राजनीतिक भागवण्डाको नाममा सरकारी रकमको दुरुपयोग भएको आरोप लगाए ।“आर्थिक वर्ष सकिन ४० दिनभन्दा कम हुँदा रकमान्तरणको आवरणमा सिंचाइ मन्त्रालयबाट ९५ करोड, शहरी विकास मन्त्रालयबाट ५० करोड, भौतिक योजना तथा यातायात मन्त्रालयबाट २ सय करोड, स्थानीय विकास मन्त्रालयबाट विभिन्न कार्यक्रमको नाममा ५१ करोड ५० लाख र अर्थ मन्त्रालयबाट ३८ करोड रुपैयाँ रकमान्तर भएको छ।”

प्रधानमन्त्रीले पहिलो दिन ५ हजार रुपैयाँको खर्च पनि वेबसाइटमा राख्ने र मन्त्रिपरिषदमा पाउरोटी खाने भनेको तर, उनैको नाक मुनी रकमान्तरण भइरहेको भन्दै थापाले आपत्ति जनाए । उनले भने, “प्रधानमन्त्रीलाई यो जानकारी छ कि छैन ? छ भने किन रोकिएन र छैन भने यो लाचारीपन हो।”

नेता थापाले सरकारले योजना आयोगको तथ्यांकमा नभएका १ सय ५० भन्दा बढी आयोजनाका लागि मन्त्रीको तोक आदेशको भरमा भएको रकमान्तर गरेकाले त्यसकोे छानविन हुनेपर्ने माग गरे । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पटक पटक विभिन्न समूहस“ग भएका सहमतिहरु पूरा गर्न सरकार उदासिन रहेको आरोप लगाए । यादवले संसदीय परम्परा र मान्यता अनुसार चल्न सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा प्रतिपक्षी दलका सभासद्हरु उठेर विरोध गरेपछि अर्थमन्त्री रामशरण महतले जवाफ दिन पाएनन् । व्यवस्थापिका संसद्को अर्को बैठक २० जेठ, मंगलबार ३ बजेका लगि बोलाइएको छ ।

Comment