Monday , December 18 2017
Home / Featured News / संविधानसभाको अध्यक्षमा नेम्वाङ निर्विरोध

संविधानसभाको अध्यक्षमा नेम्वाङ निर्विरोध

संविधानसभाको अध्यक्षमा सुवाचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षको चुनावमा अरु कसैको पनि उम्मेद्वारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो  ।subash nembang

म‌गलबार बसेको संविधानसभा बैठकमा  अरुको उमेदवारी नपरेपछि जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको अध्यक्षको जिम्मेवारी सम्हालेका सूर्यबहादुर थापाले नेम्वाङ निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

दोस्रो जनआन्दोलनपछिको अन्तरिम संसदका सभामुख भएका नेम्वाङ यसअघिको संविधानसभामा पनि अध्यक्ष हुनुहुन्थ्यो । संविधानसभा अध्यक्ष व्यस्थापिका संसदको सभामुख समेत हुने व्यवस्था छ । अध्यक्षमा चयन भईसकेपछि नेम्वाङले सबै दललाई एक ठाँउमा ल्याउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले अघिल्लो संविधानसभा विघटनले पाठ सिकाएको भन्दै त्यस्तो हुन नदिन आफूले गम्भिरताका साथ लाग्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष नेम्वाङले तोकिएकै समयमा संविधान जारी गर्ने हो भने संविधानसभा बाहिर भएका र भित्र रहेका सबै दल एक ठाँउमा आउनुपर्ने बताउनुभयो ।

Comment