Tuesday , December 12 2017
Home / Nepal / संविधानसभाको अध्यक्षको चुनाब मंगलबार, कांग्रेसले सुबाशचन्द्र नेम्बांगलाई मतदान गर्ने

संविधानसभाको अध्यक्षको चुनाब मंगलबार, कांग्रेसले सुबाशचन्द्र नेम्बांगलाई मतदान गर्ने

कांग्रेसले सभामुखको पदमा एमालेका उमेद्वार सुभाषचन्द्र नेम्बाङ्ग लाई मतदान गर्ने निर्णय गरेपछि  नेकपा एमालेका सभासद् सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष हुने सम्भावना बढेर गएको छ |

दुवै पार्टीबीच गृह मन्त्रालयको बिवाद जारी रहे पनि अध्यक्षमा एमालेका उम्मेदवारलाई नै समर्थन रहने जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले दिए। एमाले संसदीय दलका नेता केपी ओलीले पनि कांग्रेससँग अध्यक्षमा एमालेलाई समर्थन गर्ने सहमति भएको बताए।

सिंहदरवारमा बसेको स्थायी कमिटि बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले नेम्वाङ्गलाई मतदान गर्न कांग्रेसलगायत दललाई आग्रह गर्नुभभएको छ ।

माघ २६ गते भएको ७ बुँदे सहमति अनुसार संविधानसभा अध्यक्षमा एमालेका उम्मेदवारलाई मतदान गर्ने कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिनुभयो । प्रवक्ता बडुले सहमति कार्यान्वयन गर्दै एमालेका उम्मेदवारलाई मतदान गर्ने कुरामा शंका नगर्न आग्रह समेत गर्नुभयो ।

नेपाली  कांग्रेसका  प्रवक्ता बडुले भएका सहमति कार्यान्वयन गर्न कांग्रेसले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘नभएका सहमति कार्यान्वयन गर्न दवाव दिनु जायज होइन ’ प्रवक्ता बडुले भन्नुभयो ‘गृहमन्त्रालय एमालेलाई दिने सहमति भएको छैन ।’

उता अध्यक्ष पदमा संविधानसभामा तेस्रो ठूलो दल एमाओवादीले पनि उम्मेदवारी दिने तयारी गरेको छ। महरालाई प्रतिपक्षी दलहरूको गठबन्धनतर्फबाट उमेदवार बनाउने तयारी एमाओवादीले गरेको हो। एमाओवादीले नेम्बाङलाई समर्थन नजनाउने प्रष्ट पार्दै महरालाई उम्मेदवार बनाउन लागेको हो। ‘सुवास नेम्बाङलाई हामी समर्थन गर्दैनौं, हामी हाम्रै उम्मेदवार खडा गर्छौ’, एमाओवादी एक नेताले अन्नपूर्णसँग भने, ‘प्रतिपक्षी गठबन्धनतर्फबाट हामीले उम्मेदवार खडा गर्ने तयारी गरेका छौ।’

Comment